ट्रेण्डिङ

होमपेज / शिक्षा

शिक्षक महासंघ कुमाखको अध्यक्षमा टिकाराम आचार्य

  सल्यान खबर डेस्क २०८० फाल्गुण २३ गते बुधबार १७:५६:२८ मा प्रकाशित

फागुण २३, सल्यान ।
नेपाल शिक्षक महासंघ कुमाखको अध्यक्षमा टिकाराम आचार्य निर्वाचित हुनु भएको छ  ।बुधबार सम्पन्न दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा २१ सदस्यीय गाउँ कार्य समिति चयन गरेको हो । आचार्य एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पनि हुन ।

समितिको सह अध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठन, हिरालाल डाँगी, उपाध्यक्षमा नेपाल विद्यालय कर्मचारी परिषदका खड्क बहादुर विक, महिला उपाध्यक्षमा नेपाल शिक्षक संघका ढकना सिंह राठौर चयन भएका छन । त्यस्तै सचिवमा नेपाल विद्यालय कर्मचारी संगठनका जीवन राना, अर्थ सहसचिवमा नेपाल शिक्षक संघका ठकेन्द्र राना, सहसचिवमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका विरेन्द्र परियार र महिला सहसचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनकी दिपा बोहरा बनेका छन ।
कुमाख गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा गाउपालिका निवर्तमान अध्यक्ष दिलमाया बुढा मगर गिरी, महासंघका केन्द्रीय सदस्य राम प्रकास कुमाईको आतिथ्यता रहेको थियो ।  

गत फागुण १५ गते जिल्लामा गरिएको सहमति अनुसार गाउँ समिति निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष टिकाराम आचार्यले बताएका छन ।
आगामी दिनमा शिक्षकका मुद्दामा केन्द्रित भएर जानुपर्ने भएकाले जिल्लामा क्रियाशिल सबै संगठनले सहमति गरेका हुन ।
देवेन्द्र रावतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धन बहादुर रावतले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top