होमपेज / शिक्षा
इन्द्र बुढाथोकी माघ २७,सल्यान
शैक्षिक विकास र गुणस्तर अभिवृद्धि सुधारको लागी बनगाड कुपिण्डे नगरपालिकामा रहेका आधारभूत तथा माध्यमिक विद्यालयहरूका गणित तथा विज्ञान र प्र अ शिक्षकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गणित र विज्ञान विषयमा कसरी राम्रो नतिजा ल्याउन सकिन्छ त्यसको लागि प्राध्यापक डाक्टर प्रदीप चन्द गौतमले प्रशिक्षण गर्नु भएको थियो । गणित र विज्ञान विषयमा कसरी शैक्षिक अभिवृद्धिको सुधार ल्याउन सकिन्छ त्यसको लागी विषय विज्ञ प्रदीप चन्द गौतम प्रशिक्षण दिनु भएको छ ।
गणित र विज्ञान विषयको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार, तालिम, लगायत आवश्यक पर्ने र गणित र विज्ञान विषयमा विद्यार्थीहरूले न्यूनतम २८ र अधिकतम ७० भएकोले त्यसको नतिजालाई थप परिणाम मुखी बनाउन सहजीकरण हुने समेत बताएको छ ।
शिक्षामा विकास हुनै पर्छ भनेर चिन्तन मनन गर्नु भएको रहेछ नगर प्रमुखले शिक्षामा प्रतिबद्ध नगर प्रमुख हुनु हुँदो रहेछ पहिलो प्राथमिकता राखेकोमा विशेष धन्यवाद दिनु भएको छ । शैक्षिक विकास र गुणस्तर सुधारको क्षेत्रमा काम गर्ने नगरपालिकाको टिम पूर्ण प्रतिबद्ध भएकोमा खुसी व्यक्त गर्दै यसलाई अब परिणाम मुखी बनाउनेमा विश्वास व्यक्त गर्नु भएको छ ।
अन्तरक्रिया कार्यक्रम बोल्दै अब शिक्षा सुधारका लागि अगाडि बढेको र शैक्षिक योजना, पाठ्यक्रम निर्माण, नीति निर्माण गरिएको र अब त्यसलाई कार्यान्वयन गरिने समेत बताउनु भएको छ । अब दरबन्दी मिलानको लागि कार्यदलले कामहरू अगाडि बढाउन सुरु गरेले शैक्षिक सुधार हुनेमा विश्वास गर्नु भएको छ । आधारभूत तथा माविका प्र अ र गणित र विज्ञान विषयका शिक्षकहरू सङ्गको अन्तरक्रियाले आगामी वर्षमा यसले सकारात्मक नतिजा ल्याउने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्ती, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू र शिक्षकहरूको उपस्थिति रहेको थियो । सहजीकरण टेकम खड्काले गर्नु भएको थियो ।





.jpg)