होमपेज / शिक्षा
माघ २६,सल्यान
शारदा नगरपालिका १२ मा मुलडाँडामा रहेको शिव माध्यमिक विद्यालयको ३० औँ वार्षिकोत्सव अवसरमा नव निर्मित २ कोठे विद्यालय भवन उद्घाटन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शारदा नगरपालिकाको २५ लाख र जनश्रमदान ४३ हजार ९५८ रुपैयाँमा निर्माण गरिएको उक्त भवन नगर प्रमुख प्रकाश भण्डारीले उद्घाटन गर्नु भएको हो ।
विद्यालयको ३० औ वार्षिकोत्सव क्रममा बोल्दै नगर प्रमुख भण्डारीले शैक्षिक सुधारका गरी सामुदायिक विद्यालयमा आकर्षण बढाउन सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।
बिब्यस अध्यक्ष तथा कार्यपालिका सदस्य भगवती बोहराको अध्यक्षतामा रहेको कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष सुरेन्द्र बुढा, १५ नम्बर वडा अध्यक्ष लोकमान बुढाथोकी, वडाका जनप्रतिनिधि, विभिन्न दलका नेता, अभिभावक, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयको उन्नयनका लागि टेवा पुर्याउने विभिन्न व्यक्तिहरूलाई नगर प्रमुखले सम्मान पत्रले सम्मान गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिल्ली हमालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण शिक्षक सुलेमान सुनारले गर्नु भएको थियो ।





.jpg)