ट्रेण्डिङ

होमपेज / शिक्षा

कपुरकोट गाउँपालिकामा पढ्दै सिक्दै र कमाउदै कार्यक्रम

  सल्यान खबर डेस्क २०८० माघ १५ गते सोमबार १७:१३:३६ मा प्रकाशित

सन्तोष घर्ती माघ १५,सल्यान 

सल्यानको कपुरकोट गाउँपालिकाले पढ्दै सिक्दै र कमाउँदै कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । एक माध्यमिक विद्यालय एक सिप विकास तालिमको आयोजना गरेर पढ्दै सिक्दै र कमाउँदै कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

सोमबार कपुरकोटमा बिभिन्न चार विद्याका एक महिने तालिमको संयुक्त रुपमा उद्घाटन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भयो । बिभिन्न तालिमबाट विद्यार्थीले सिकेका प्राविधिक ज्ञानलाई गाउँपालिकाबाट आयोजनाका रुपमा अघि बढाइएका योजनाका काममा प्रयोगात्मक रोजगारीको रुपमा परीक्षण गरिने अध्यक्ष पुनको भनाई छ ।

तालिममा भाग लिने बिद्यार्थीहरु सहभागी भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका चार माध्यमिक विद्यालयमा गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको साझेदारीमा तालिमको आयोजना गरिएको जानकारी दिनु भयो । पछिल्लो समय सिपको अभावका कारण धेरै नागरिकहरू बेरोजगार बनेको भन्दै बिद्यार्थीहरुलाई विद्यालय तहबाटै व्यवहारिक सिप सिकाउन लागेको उपाध्यक्ष भण्डारीको भनाई छ । उहाँले ऊर्जाशील युवाहरूलाई हाँसी खुसीको जीवनमा रूपान्तरण गर्न गाउँपालिकाले दिन लागेको तालिमले ठुलो सहयोग पुय्राउने बताउनु भयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले विद्यार्थीको विद्यालयको औपचारिक कक्षालाई हानी नपु¥याउने गरी विद्यालयमा तालिमको समय व्यवस्थापन गरिएको बताउनु भयो । वलीका अनुसार जीवन ज्योति नमुना मा.बि.रिममा हुने आधारभूत हाउस वायरिङ तालिममा २१ जना,नेपाल राष्ट्रिय मा.बि किम चौरमा हुने आधारभूत पलम्बिङ तालिममा २० जना,कालिका मा.बि. कपुरकोटमा हुने आधारभूत पेन्टर तालिममा ४० जना र भवानी मा.बि.छाँयानाथमा हुने आधारभूत डकर्मी तालिममा १८ जना विद्यार्थी सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top