ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यान बनगाडका विद्यालय कार्यालय सहयोगीको भरमा

  सल्यान खबर डेस्क २०८० माघ ८ गते सोमबार १२:५२:३९ मा प्रकाशित

माघ ,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनबढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेका छन् । आधारभूत तहलाई अनिवार्य, निशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइएपनि शिक्षकको अभावमा विद्यार्थी पढ्न बञ्चित हुँदै आइरहेका छन् । 

बनगाड कुपिण्डे नगरपाकिलाको २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ, वडा न ३ मा रहेको जनता प्रावि खरिक, वडा न ४ मा रहेको बाललिला प्रावि देउली, वडा न ९ मा रहेको काफलगैरी प्रावि सेरा, वडा न १० मा रहेको प्रेमज्योति प्रावि. पराजुल र वडा न १२ मा रहेको दलित प्रावि ताल लगायतका विद्यालयहरु शून्य दरबन्दी हुँदा बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेका छन् । 

सेरामा बालविकास र कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कक्षा १–३ सम्म सञ्चालन भएको उक्त विद्यायमा २२ जना विद्यार्थी छन । बाहुनगाउँ पनि  कक्षा १–३ चलेको छ जसमा २४ जना विद्यार्थी रहेको रन्जना आचार्य शर्माले बताउनु भयो ।  बालविकास र कार्यालय सहयोगीले पढाइरहनु परेको उहाँको भनाई छ  । खरिकमा ३२ जना विद्यार्थी छन जसमा दुई जना निजि शिक्षक र कार्यालय सहयोगीले पढाइरहेका छन । पराजुलमा २५ जना विद्यार्थी छन जसमा बालविकास र कार्यालय सहयोगीले पढाइरहेका छन यी सबै विद्यालय बालबिकास देखि ३ कक्षा सम्मा चलिरहेका छन । 

नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले शिक्षामा आफ्नो पहिलो प्राथमिकता राखेको त्यस्तो ठाउँमा छिट्टै शिक्षक व्यवस्थापन गर्ने बताउनु भयो । सामाजिक विकास समिति सयोजक तथा ७ न वडा अध्यक्ष जीवन सिंह ठकुरीको संयोजकत्वमा विद्यालय अनुगमन, व्यवस्थापन, दरवन्दी मिलान, विद्यालय समायोजन लगायतका काम गर्ने  समिति बनेको र उक्त समितिको प्रतिवेदन अनुसार काम अघि बढाउने उहाँको भनाई छ । प्रतिवेदनमा आएको निष्कर्ष अनुसार दरवन्दी मिलान गरेर थप दरबन्दी थपघट गरेर शिक्षामा सुधार ल्याउने नगर प्रमुख बुढाथोकीको भनाई छ । 
जिल्लामा ४ सय ३९ सामुदायिक विद्यालय रहेकोमा दरबन्दी र राहत गरेर १ हजार ६ सय २ जना मात्र शिक्षक रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top