ट्रेण्डिङ

होमपेज / शिक्षा

शिवजन मावि शितलपाटीको विव्यस अध्यक्षमा शाह  

  सल्यान खबर डेस्क २०८० पौष २६ गते बिहीबार २१:५५:३२ मा प्रकाशित

पुस २६,सल्यान 
 शिवजन माध्यमिक विद्यालय शारदा नगरपालिका १ शितलपाटीको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले यज्ञ विक्रम शाहको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । 

शाहको अध्यक्षतामा निर्विरोध समिति निर्वाचित गरेको हो । जसको सदस्यहरुमा लाहिराम चौधरी, निर्मला बुढा, नर बहादुर वि.क., शान्ता शर्मा, प्रदीप पाण्डे, जालना भण्डारी, जंग बहादुर विष्ट शिक्षक प्रतिनिधि र हिरालाल नेपाली प्रधानाध्यापक सदस्य सचिव रहनु भएको छ । यस्तै भेलाले नविन सिंह भडेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । 

भेलामा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी , प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल , शारदा वडा नं १ का वडाध्यक्ष प्रदिप कुमार पाण्डे ,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख संगिता बुढा, स्थानिय रुपमा क्रियासिल राजनैतिक दलका प्रमुख, अभिभावक, बुद्धिजीवी , बिद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top