ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको निराजन माविमा ‘साइन्स रिसर्च क्लब’ निर्माण

  सल्यान खबर डेस्क २०८० आश्विन १८ गते बिहीबार १९:५१:१७ मा प्रकाशित

सल्यान, १८ असोज ।

सल्यानको एक विद्यालयमा वैज्ञानिक अनुसन्धान क्लब निर्माण गरिएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ स्थित निराजन मावि ढोरचौरमा ‘निराजन साइन्स रिसर्च क्लब’ गठन गरिएको हो । विज्ञान शिक्षकहरू र विद्यार्थीको साझा सङ्गठनको रुपमा बिहीबार क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक  धर्मराज घर्ती मगरले जानकारी दिए ।

क्लबको संरक्षकमा प्र अ घर्ती मगर स्वयम रहेका छन् भने क्लबको संयोजकमा शिव सुन्दर केसी, सहसंयोजकमा दीपक शर्मा, सचिवमा यमराज सुनार, सहसचिवमा माया बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद चौधरी र ४० जना सदस्य रहेका छन् । 

विज्ञानलाई समाज सम्म र समाजलाई विज्ञान सम्म पुर्‍याउने कार्य गर्ने थलोको रुपमा क्लबलाई लिइएको छ । विज्ञानलाई सर्वव्यापी बनाउने र विद्यालयमा औपचारिक कक्षामा सिकेका सैद्धान्तिक पक्षहरूलाई व्यवहारमा उतार्ने तथा जीवनसँग सान्दर्भिक बनाउन विभिन्न परियोजना बनाउने, कार्यान्वयन गर्ने, वैज्ञानिक चासो र रुचिका विषयमा खोजतलास गर्ने लगायतका उद्देश्य सहित क्लब गठन गरिएको विद्यालयले जनाएको छ । 

विद्यार्थीमा विभिन्न सामग्री र क्रियाकलाप मार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने बानीको विकास गर्ने, विज्ञानलाई मानव हितका लागि उपयोग गर्नका लागि समाजमा सचेतना फैलाउने तथा समय समयमा विज्ञान प्रदर्शनीको आयोजना गर्ने लगायतका उद्देश्य क्लबका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top