ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको नारायण मावि देशकै उत्कृष्ट तीनमा , एक लाख पुरस्कारबाट पुरस्कृत

  सल्यान खबर डेस्क २०८० आश्विन २ गते मंगलबार १६:१०:५९ मा प्रकाशित

असोज २,सल्यान 

सल्यानको नारायण माध्यमिक विद्यालय देशभरका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट तीन भित्र पर्न सफल भई पुरस्कृत भएको छ । कुमाख गाउँपालिका २ रुमाल गाउँमा रहेको उक्त माविलाई सरकारले मङ्गलवार राष्ट्रिय शिक्षा दिवस २०८० को सन्दर्भ पारेर माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा प्राप्त गरेको नतिजाको आधारमा उत्कृष्ट तीन भित्र पर्न सफल भएको हो । 

सामुदायिक विद्यालय तर्फ देशकै तेस्रो स्थानमा आएको नारायण माविले १ लाख रुपैयाँबाट पुरस्कृत भएको छ । देशभरका सामुदायिक विद्यालयलाई पछि पार्दै तेस्रो स्थान आउन पाउँदा निकै खुसी लागेको प्रधानाध्यापक देवेन्द्र रावतले जानकारी दिनु भयो. । विद्यालय प्रशासनको एक प्रयासबाट मात्र भन्दा पनि विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक समन्वय र सहकार्यबाट पनि सफलता हात पार्न सफल भएको उहाँको भनाई छ । 

सामुदायिक विद्यालय तर्फ देशकै उत्कृष्ट विद्यालय भने सिन्धुलीको दुधौली ११ मैनीमा रहेको कमला माध्यमिक विद्यालय उत्कृष्ट भएको छ भने सिन्धुलीकै कमलामाई ४ ढुंग्रेवासमा रहेका कमला माध्यमिक विद्यालय दोस्रो भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top