ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यान कपुरकोटका दुई विद्यालयले वार्षिकोत्सव मनाए

  सल्यान खबर डेस्क २०८० भाद्र २९ गते शुक्रबार २१:३६:०८ मा प्रकाशित

सन्तोष घर्ती सल्यान,२९ भदौ ।

 सल्यानको दुई विद्यालयले शैक्षिक जागरण मूलक कार्यक्रम गरेर आफ्नो वार्षिक उत्सव मनाएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ४ किम चौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति नमुना माध्यमिक विद्यालयले वार्षिक उत्सव मनाएका हुन् ।

२०२१ सालमा स्थापना भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले ६० औँ वार्षिक उत्सव र २००९ सालमा स्थापना भएको जीवन ज्योति नमुना माध्यमिक विद्यालयले ७१ औं बार्षिक उत्सव मनाएको विद्यालयका प्रधानाध्यापकहरूले जनाएका छन् ।

कक्षा १२ सम्म पढाई हुने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किम चौरमा ७ सय २१ जना विद्यार्थीहरुले अङ्ग्रेजी तथा साधारण माध्यमबाट अध्ययन गर्दछन् भने कक्षा ८ सम्म साधारण तथा कक्षा ९ देखि १२ सम्म प्राबिधिकधार (बाली विज्ञान) पढाई हुने जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा ८ सय ५५ जना विद्यार्थीले अध्ययन गर्दछन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले गुणस्तरीय शिक्षा मार्फत विद्यार्थीहरुलाई आकर्षण गर्न घरमै जाऔँ विद्यार्थी कार्यक्रम,हाम्रा अभिभावक हाम्रा गौरब,हाम्रो टोल राम्रो टोल कार्यक्रमलाई सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक दामोदर शर्माले जानकारी दिनु भयो । विद्यालयले मासिक कक्षा परीक्षा,पूर्ण डिजिटल कक्षा,लेखन कार्यशाला,उद्घोषणकला,खेलकुदका गतिविधि सञ्चालन लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको प्रधानाध्यापक शर्माको भनाई छ ।

यस्तै जीवन ज्योति नमुना माध्यमिक विद्यालय रिमले विद्यार्थी aaसंग अभिभावक,पढ्दै कमाउँदै शैक्षिक क्रियाकलाप गरेर प्रभावकारी प्रयोगात्मक कक्षा मार्फत उच्च प्रविधिको प्रयोग गरी पढ्ने पढाउने गरेको विद्यालयका प्रधानाध्यापक भूपाल साहुले जानकारी दिनु भयो । विद्यालयले विद्यार्थीको ध्यान पढाइमा केन्द्रित गर्न रचनात्मक तथा सृजनात्मक कार्यक्रमका साथै बिभिन्न खेलकुदका गतिविधि सञ्चालन सञ्चालन गर्ने गरेको प्रधानाध्यापक साहुको भनाई छ ।

दुई विद्यालयको छुट्टाछुट्टै कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले शैक्षिक गुणस्तरीयताका लागि गाउँपालिकाबाट पाहुना कक्षा सञ्चालन गरिने बताउनु भयो । शैक्षिक जागरणको कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका कक्षा ६ देखि १२ कक्षा सम्म सञ्चालन भएका विद्यालयमा पाठ्यक्रममा समावेश भएका विषयवस्तु सहित अतिरिक्त पाहुना कक्षा सञ्चालन गरिने पुनको भनाई छ।

उहाँले समाजमा बिभिन्न विकृतिले विकराल रूप लिन थालेकाले बालविवाह,लागु औषध दुर्व्यसनी,घरेलु हिंसा जस्ता गाउँपालिकाले निर्धारण गरेका थुप्रै विषयवस्तुमा पाहुना कक्षा सञ्चालन गरिने बताउनु भयो । पुनले आफूलाई पायक पर्ने विद्यालयमा पाहुना कक्षा लिन चाहेको विषयवस्तुमा विज्ञता हासिल गरेका व्यक्तिहरूले गाउँपालिकामा सशुल्क तथा निःशुल्क पाहुना कक्षा सञ्चालनका लागि प्रस्ताव पेस गर्न समेत अनुरोध गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले शैक्षिक गुणस्तरीयताका लागि विद्यार्थी,शिक्षक र अभिभावकहरूको विशेष भूमिका हुने बताउनु भयो । ‘हामी कपुरकोट गाउँपालिकामा शिक्षाका क्षेत्रमा केही नौलो र उपलब्धि मूलक काम गर्न चाहन्छौ । जुन काम कपुरकोट जागरण भित्रको शैक्षिक जागरण हो ।’उहाँले भन्नु भयो—अब हाम्रा बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिएर जहाँ गए पनि प्रतिस्पर्धा गर्न सक्ने बनाउनु नै  हाम्रो प्रमुख प्राथमिकता हो ।

 यस्तै कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले कक्षागत पाठ्यक्रमको शिक्षा सँगै सार्वजनिक विषयवस्तुको सामूहिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । सार्वजनिक शिक्षाले घर आगमनको सरसफाइ,करेसा तथा फूलबारी निर्माण,मौलिक संस्कृतिको संरक्षण,सामाजिक संस्कार लगायतका विषयमा सिकाउने वलीको भनाई छ । उहाँले विद्यार्थीहरुलाई अनुशासित बनाउँदै आत्मनिर्भरताका लागि सिप मूलक व्यवसायिक शिक्षा दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा दुबै विद्यालयको वार्षिकोत्स का अवसर शुभकामना दिँदै निवर्तमान गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर,४ नम्बर वडा अध्यक्ष मित्रलाल कठायत,५ नम्बर वडा अध्यक्ष होम बहादुर खड्का,शिक्षा शाखा प्राविधिक सायक रमेश आचार्य,शिक्षक सङ्घ सङ्गठनका प्रमुखहरूले आफ्नो भनाई राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top