ट्रेण्डिङ

होमपेज / शिक्षा

सिद्ध कुमाख गाउँपालिले निर्माण गर्‍यो स्थानीय पाठ्यक्रम

  सल्यान खबर डेस्क २०८० असार १९ गते मंगलबार १८:२९:०० मा प्रकाशित

असार १९,सल्यान 

सल्यानको सिद्ध कुमाख गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो सिद्ध  कुमाख“ नामक स्थानीय  पाठ्यक्रम निर्माण गरेको हो । 

स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा आधारभूत तह (कक्षा १ देखी ८ सम्म) मा स्थानीय पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रतिभा वलीले बताउनु भयो । स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषय बस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ । सोही अधिकार र निर्देशन अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरिएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार पाठ्यक्रममा गाउँपालिकाको परिचय, स्थानीय जातजाति, भेष भूषा, भाषा, धर्म, पालिका भित्र रहेका सम्पदाहरू समेटिएका छन् । यस्तै परम्परागत खेती आवश्यकता, सम्भावना, स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्यक्रममा वनजंगल, कृषि, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगायतका क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको उहाँले बताउनु भयो  । सिद्ध कुमाख गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयका करिब ३ हजार ५ सय विद्यार्थीले पाठ्यक्रम अध्ययन गर्ने शिक्षा शाखा प्रमुख वलीले बताउनु भयो  । 

गाउँपालिका अध्यक्ष भरत गिरीले पाठ्यक्रम निर्माण गर्दा स्थानीयतालाई नै प्राथमिकता दिएर निर्माण गरिएको बताउनु भयो । सिद्ध कुमाख गाउँपालिकाको जात, धर्म, सस्कृती, पर्यटन, भौगोलिक अवस्था, पालिकाको काम कर्तव्य, बाटो पानी बिजुली आदी समेटेर निर्माण गरिएको पाठ्यक्रममा विद्यार्थीले पनि सिकुन् भन्ने उद्देश्य रहेको बताउनु भयो । 

उहाँले भन्नु भयो, ‘ बालबालिकाले अन्य शिक्षा सिक्ने, तर पालिका भित्र सम्भावना के छ? यहाँको रहन सहन कस्तो छ भनेर, यहाँको जात धर्म के हो ? पछिल्लो समय संस्कार, सम्मान आफ्नो धर्म, पहिचान बाट पलायन हुँदै गएकाले तिनै सकृतिहरुलाई जग्रेर्ण गर्ने उद्देश्यले हो, ।’

 शिक्षालाई गुणस्तर बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निर्माण गरिएको हो, बालबालिकाले संस्कार सिकुन्, आमा बाबाको सम्मान गर्न सिकुन्, धर्म सिकुन् भन्ने उद्देश्य रहेको छ । 

पाठ्यक्रम बाट बिभिन्न मौलिक कलाको बारेमा जान्ने,संस्कृतिको विकास, समृद्धिको विकास गर्न टेवा पु¥याउने उहाँले बताउनु भयो । विद्यार्थीको व्यवहार, सिप, नैतिकता, अनुशासन र आचरणमा परिवर्तन ल्याउने खालका विषयवस्तुहरू पनि समेटिएको पालिका अध्यक्ष गिरीले बताउनुभएको छ ।

 “ हाम्रो सिद्ध  कुमाख“ नामक स्थानीय  पाठ्यक्रम एक कार्यक्रमका बिच कार्यक्रमको आयोजना गरी विद्यालय हरूलाई हस्तान्तरण  गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top