होमपेज / शिक्षा
प्रदीप योगी माघ १९,सल्यान
लक्ष्मी आधारभूत विद्यालय छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा कार्यरत शिक्षक गृभान खत्रीको बिदाइ गरिएको छ । बिहीबार विद्यालयमा लामो समय शिक्षण गर्नुभएका शिक्षकको बिदाइ गरिएको हो । उहाँ महेन्द्र माध्यमिक विद्यालय बागचौर नगरपालिका १० पिपलनेटामा सरुवा हुनु भएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै शिक्षक खत्रीले आगामी दिनमा पनि शिक्षाको ज्योति फैलाउन आफू सधै लागि रहने बताउनु भयो । साथै उहाँले समाजमा व्याप्त विकृति विसङ्गति हटाउँदै सभ्य समाजको निर्माणका लागि समाज सेवामा सक्रिय रहने बताउनुभयो।
बिदाइ कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप योगी , वडाध्यक्ष प्रकाश हमालको प्रमुख आतिथ्यता र वर्तमान शिक्षक अभिभावक सङ्घ अध्यक्ष सेर बहादुर वली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक ढाकै शाहीले गर्नु भएको थियो । बिदाइ हुने गृभान खत्रीले विद्यालयमा ८ वर्ष अध्यापन गराउनु भएको थियो।





.jpg)