होमपेज / शिक्षा
असार २९,सल्यान
सल्यानको दार्मा गाउँपालिको वर्ष शिक्षक र वर्ष विद्यार्थीबाट सात जनालाई सम्मान गरेको छ । गुरु पुर्णिमाको अवसर पारी प्रत्येक वर्ष वितरण गर्दै आएको वर्ष शिक्षक र वर्ष विद्यार्थी सम्मान कार्यक्रमबाट यस वर्ष ३ शिक्षक र ४ विद्यार्थीलाई सम्मान गरिएको हो ।
वर्षको पालिका सर्वोत्कृष्ट शिक्षकको रुपमा श्री जनज्योति माध्यमिक विद्यालयका शिक्षक टङ्कप्रकाश हमाल सम्मानित हुनुभएको छ ।त्यस्तै सम्मानित हुनेहरुमा जन जागृत आधारभूत विद्यालयका शिक्षक वीर बहादुर बस्नेत , अन्धनासक आधारभूत विद्यालयका शिक्षक सावित्री मल्ल रहनुभएको छ । त्यस्तै कर्मचारी तर्फ बाल कल्याण मा बि का टिकाराम ओली र बालबिकास तर्फ जनजागरण प्रा बि दार्मा ६ कि महिन्द्रा बुढाथोकी पनि यस वर्षको वर्ष शिक्षकको रुपमा सम्मानित हुनुभएको दार्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यस्तै वर्ष विद्यार्थी सम्मानबाट जनज्योति मा बि का छात्रतर्फ मधुसूदन थापा र छात्रा तर्फ मेधा ओली पालिका विद्यार्थीको रुपमा सम्मानित भएका छन् ।सम्मानित सबैलाई सम्मान पत्र , नगद र दोसल्लाले सम्मान गरिएको थियो ।
आजै दार्मा पालिकाले पालिका भित्रमा रहेका आधारभूत तहका कक्षाहरूमा अध्ययनरत अनाथ तथा असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री , पोसाक तथा मसलन्द प्रदान गरिएको ।उनीहरूको पढ्न लेख्न सहयोग पुर्याउन, पढाइ बिचैमा नछोडुन् भन्ने उद्देश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ ।





.jpg)