ट्रेण्डिङ

होमपेज / शिक्षा

नेपाल विद्यालय कर्मचारी परिषद् सल्यानको अध्यक्षमा मदन बस्नेत निर्वाचित

  सल्यान खबर डेस्क २०७८ पौष २ गते शुक्रबार २०:२२:०३ मा प्रकाशित

पुस २,सल्यान 

नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति सल्यानको अध्यक्षमा मदन कुमार बस्नेत निर्वाचित भएका छन् । परिषद् सल्यानको तेस्रो जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित गरेको हो । 

जसको उपाध्यक्षमा जनक बुढाथोकी, महिला उपाध्यक्ष पुष्पा खत्री, सचिव गोविन्द कमल धिताल, सह सचिव रजनी डिसी वली, कोषाध्यक्ष खुमा कंवर र सह कोषाध्यक्षमा प्रशान्त शाहु रहेका छन् । 

सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, छविलाल रावत, लक्ष्मण बस्नेत, बृद्धि बहादुर थापा, कलिभान रावत, विरेन्द्र केसी निर्वाचित भएका भएका छन् । यस्तै जनक कुमार केसी, जकविर घर्ती, अतिराम पुन,गणेश गिरी, विर बहादुर पुन, राकेश चन्द, धन बहादुर पुन र लिलाधर केसी रहेका छन् । 

अधिवेशनले ५ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ । खड्क बहादुर वि.क. संयोजकत्वमा सल्लाहाकार समिति गठन गरिएको हो । जसको सदस्यहरुमा महेन्द्र चलाउने, विर बहादुर भण्डारी, देवि बुढाथोकी र कल्पना शाह रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top