ट्रेण्डिङ

होमपेज / शिक्षा

शिक्षकले नै गरे सल्यानको एक विद्यालयमा पठन पाठन बन्द

  सल्यान खबर डेस्क २०७८ कार्तिक २५ गते बिहीबार १४:३५:०० मा प्रकाशित

कात्तिक २५,सल्यान 

सल्यानको एक विद्यालयमा शिक्षकहरूले नै पठन पाठन बन्द गरेका छन् । जिल्लाको शारदा नगरपालिका –१३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय स्यानीखालका शिक्षकहरूले पठन पाठन बन्द गरेका हुन । 

प्रधानाध्यापकको विवाद देखाउँदै विना कसुर प्रधानाध्यापकको चालु आर्थिक वर्षदेखि तलब भत्ता रोकिएको भन्दै शिक्षकहरूले पठन पाठन बन्द गरेका हुन । 

शिक्षक कर्मचारी हकहित सङ्घर्ष समिति नै गठन गरी विद्यालयका शिक्षक तथा कर्मचारीले प्रधानाध्यापकको तलब भत्ता नआउँदासम्म विद्यालयमा पठन पाठन नगर्ने बताएका छन् । 

अन्य शिक्षक तथा कर्मचारीले सेवा सुविधा पाइ रहदा प्र.अ.को विवाद देखाउँदै प्र.अ.को सेवा सुविधा रोकिनु दुखद भएको शिक्षक कर्मचारी हकहित सङ्घर्ष समितिका संयोजक मेनुका कुमारी बुढाथोकीले बताइन । आफूँहरुको माग पुरा नभएसम्म विद्यालयको पठनपाठन बन्द हुने उनको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top