होमपेज / शिक्षा
असोज २१,सल्यान
सल्यानमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकले विगत तीन वर्षदेखि तलब पाउन सकेका छैनन् । निजिस्रोतबाट पढाउँदै आइ रहेका शिक्षकहरुले विगत तीन वर्षदेखि पारिश्रमिक नपाएका हुन ।
भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजिस्रोतमा पढाई रहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि भने तलब नपाएको बताए । तीन वर्षदेखि तलव नपाउँदा दैनिक गुजारा सञ्चालन गर्न निकै समस्या भएको उनको भनाई छ । उनले भने ‘विगत झैँ यो वर्षको चाडपर्व खल्लो नै हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौलता थपिएको छ ।’
विज्ञान विषय पढाउँदै आइरहेका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाए पनि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको उनको भनाई छ । आफँुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उनको दुखेसो रहेको छ ।
विगतमा नियमित पाउँदै आएको तलब भत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए । तलव नपाए पछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाई छ । उनले भने ‘छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने , नछोडौँ आफ्नो भविश्यक अन्योलमा परी रहेको छ ।’
विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजि स्रोतमा पढाउने शिक्षक तलब विहीन बन्नु परी रहेको प्रधानाध्यापक राम प्रसाद शर्माले बताए । नगरपालिमामा धेरै पटक अनुदानको व्यवस्था गरिदिँन आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाई छ । उनले भने ‘विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन ।’
बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभुत विद्यालयमा पढाई रहेका नीजि स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाउन सकी रहेका छैनन् ।





.jpg)