ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन कागजमै सिमित

  सल्यान खबर डेस्क २०७८ भाद्र १ गते मंगलबार १७:४९:४८ मा प्रकाशित

भदौ १,सल्यान 
कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा सरकारले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने भनिए पनि पहाडी जिल्ला सल्यानमा त्यो प्रयास सफल हुन सकेको छैन । 

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन । गाउँमा इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका बालबालिका  यतिबेला पठनपाठनमा भन्दा पनि घरायसी कामकाजै व्यस्त हुन थालेको स्थानीय राज कुमारी बस्नेतले बताइन । शहर बजारको जस्तो सेवासुविधा नहुँदा आफ्ना बच्चाबच्ची विगत ४ महिनादेखि पढ्नबाट बञ्चित भइरहेको उनको भनाई छ । 

सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भएपनि सदरमुकामकै धेरै विद्यालय बन्दै नै छन् । शितलपार्र्टीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवन जन माध्यमिक विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गदै आइरहेका छन् । अनलाइन कक्षा गरेपनि  विद्यालयले भने सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन नसकेको शिवजन माध्यमिक विद्यालय शारदा नगरपालिका १ शितलपार्टीका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । कतिपय ठाउँमा नेटको पहुँच भएपनि अनियमित विद्युतका कारण सस्या हुने गरेको उनको भनाई छ । उनले भने ‘अभिभावकहरुले टिचिङ सामाग्री किनिदिने सम्भावना निकै कम छ । एउटै घरका दुई तीन जना विद्यार्थी हुन्छन् । अभिभावकले एकैपटक दुई तीनवटा मोबाइल, कम्युटर, ल्यापटप किन्न सक्ने अवस्था छैन ।’ 

लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका पाँच सय विद्यालयका झन्डै ६० हजार विद्यार्थी घरायसी कामकाजमै व्यस्त हुने गरेका छन् । विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने, टेलिभिजनमा पहुँच हुनेलाई टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम  र इन्टनेटको माध्यमबाट सूचना प्रविधिबाट कक्षा सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यन्वयन नहुँदा कागजमै सिमित भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top