होमपेज / शिक्षा
असार १२,सल्यान
कोरोना भाइरसको कारण लागु निषेधाज्ञा चलिरहँदा सल्यानका केही विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि अनलाइन कक्षाको माध्यमबाट पठन पाठन गराई रहेका हुन ।
अनलाइन कक्षामा शिक्षक शिक्षिकाले घरबाटै विद्यार्थीहरुलाई पढ्ने सामाग्री दिने र गृहकार्य गर्न लगाउने गरेको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । प्राविधक धार तर्फ र कक्षा ११ र १२ का विद्यार्थीहरुमा निरन्तर अध्ययन गर्ने बानीको विकास र शैक्षिक सत्र अघि बढाउन अनलाइन कक्षा सञ्चालन गरी रहेको उनको भनाई छ । उनले भने ‘शैक्षिक सत्रलाई समेत मध्यनगर गरेर निषेधाज्ञामा पनि अनलाइन कक्षा सञ्चालन गरि रहेका छौं ।’ अन्य कक्षाहरुको भने अहिले भर्ना अभियान चलि रहेको उनले बताए ।
इभेन्ट परियोजना दोस्रोद्धारा ३२ थान ल्यापटप प्रदान
यस्तै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गरि गुणस्तरिय शिक्षा शिक्षा प्रदान गर्न विद्यालयका शिक्षक र कर्मचारीलाई एक एक वटाका दरले ३२ वटा ल्यापटप वितरण गरिएको छ । इभेन्ट परियोजना दोस्रोसँगको समन्वयमा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई ल्यापटप प्रदान गरिएको नेपालीले बताए ।
प्राविधिक धार र कक्षा ११, १२ का विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षाा सञ्चालन गर्न प्रदान गरिएका ल्यापटप निकै प्रभावकारी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश वि.क.ले बताए । कोभिड १९ का कारण विद्यार्थीहरु विद्यालयमा प्रत्यक्ष उपस्थित भएन पढ्न सक्ने वातावरण नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्न ल्यापटप र प्राजेक्टरका माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिएको वि.कको भनाई छ ।
गर्न लगाउने गरेको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । प्राविधक धार तर्फ र कक्षा ११ र १२ का विद्यार्थीहरुमा निरन्तर अध्ययन गर्ने बानीको विकास र शैक्षिक सत्र अघि बढाउन अनलाइन कक्षा सञ्चालन गरी रहेको उनको भनाई छ । उनले भने ‘शैक्षिक सत्रलाई समेत मध्यनगर गरेर निषेधाज्ञामा पनि अनलाइन कक्षा सञ्चालन गरि रहेका छौं ।’ अन्य कक्षाहरुको भने अहिले भर्ना अभियान चलि रहेको उनले बताए ।

.jpg)