ट्रेण्डिङ

होमपेज / शिक्षा

दार्माका विद्यालय बन्द भएनन्

  सल्यान खबर डेस्क २०७७ चैत्र १७ गते मंगलबार १७:११:४९ मा प्रकाशित

चैत १७,सल्यान 
नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि सल्यानको दार्मामा भने शैक्षिक संस्था खुल्ला नै रहेका छन् । वायु प्रदुषण नदेखिएको भन्दै विद्यालय बन्द गर्नु पर्ने बाध्यात्मक अवस्था नआएको भन्दै गाउँपालिकाले सोमबार नै  विद्यालय सञ्चालन गर्न आग्रह गरेको थियो । 

लामो समयसम्म कोभिड १९ का कारण पठन पाठन प्रभावित भएको तथा वायु प्रदुषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । कार्यपालिकाको वैठ्कको निणय अनुसार नै विद्यालय सञ्चालन भएको उनको भनाई छ । उनले भने ‘आज पहिलो दिन भएकाले आशिंक विद्यालय मात्र खुले पनि भोलीबाट गाउँपालिकाका सबै विद्यालय सञ्चालनमा आउँछन् ।’ 

हालसम्म वातावरणीय असहजता सिर्जना नभएको, लामो समयदेखि कोभिड १९ को कारण शैक्षिक क्षति व्यहोर्नु तथा आगामी जेठ महिनामा सञ्चालन हुने वार्षिक परीक्षालाई मध्यनजर गरी अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिकाका सबै विद्यालय नियमितत रुपमा सञ्चालनमा आउने ढकालको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top