होमपेज / शिक्षा
मंसिर २३,सल्यान
हावाहुरीले छाना उडाएको झन्डै एक वर्ष पुग्नै लाग्दा पनि सल्यानको एक विद्यालयको छाना मर्मत हुन सकेको छैन ।
बनगाड कुपिण्डे नगरपालिका ११ मारहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत नभएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण विगत आठ महिना विद्यालय बन्द भई पुनः सञ्चालन हुँदासमेत विद्यालयको छाना मर्मत हुन सकेको छैन ।
विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाई नभको विद्यालयका प्रधानाध्यापक हेमराज वलीले बताए । निजी स्रोतका शिक्षकलाई तलव खुवाउन नसकेर कक्षा ८ बाट पाँचसम्म झार्ने योजना बनाएको बताउँदै उनले भने ‘शिक्षकलाई तलव भत्ता खुवाउन नसकि रहेको अवस्थामा कुन आर्थिक स्रोतले विद्यालयको छाना मर्मत गर्नु ?’
गत फागुन महिनामा आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएको थियो ।
साना विद्यार्थीहरुको भविश्य जोडिएको विद्यालय जस्तो सम्वेदनशिल क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दुखको कुरा भएको प्रअ वलीको भनाई रहेको छ ।
हावाहुरीले विद्यालयको छाना उडाएको एक वर्ष पुग्न लाग्दा पनि कुनै पनि निकायले चासो नदेखाएको अभिभावकहरुको भनाई छ ।





.jpg)