ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानका दुई सामुदायिक विद्यालयमा एक हजार मास्क वितरण

  सल्यान खबर डेस्क २०७७ मंसिर ११ गते बिहीबार १२:५५:५४ मा प्रकाशित

मंसिर ११,सल्यान 
जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा विद्यालयहरु सञ्चालनमा आएसँगै विद्यालयलाई मास्क हस्तान्तरण गरिएको छ । 

नगरपालिकाको  वडा न ९ स्थित प्रतिभा माध्यमिक विद्यालय र जनकल्याण निम्न माध्यमिक विद्यालयलाई सल्यान कुपिण्डे दह गेष्ट हाउस प्रा.लिका सञ्चालक इन्द्र बहादुर रावतले एक हजार थान सर्जिकल मास्क वितरण गरेका हुन । 

रावतले वडा सदस्य रुद्र परियार मार्फत प्रधानाध्यापक देविलाल नेपाली र अध्यक्ष रिम बहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको छ । 
विद्यालयका प्रधानाध्यापक नेपालीले यो महामारीको समयमा विद्यालयलाई मास्क सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे । सामुदायिक विद्यालयमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न मास्क निकै प्रभावकारी हुने उनको भनाई छ । 

साना बालबालिकाहरुलाई कोरोनाबाट जोगाउन सहयोग पु¥याउने उद्देश्यले मास्क प्रदान गरिएको इन्द्र बहादुर रावतले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top