होमपेज / शिक्षा
साउन २७, सल्यान
सल्यानका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै जान थालेका छन् ।
नेपाल सरकारको नमुना विद्यालय छनौटमा परेको शारदा नगरपालिका १ स्थित शिवजन माध्यमिक विद्यालय सिआइटीमय बन्दै गएको छ ।
प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमुलब बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो ।
शारदा नगरपालिका १ श्रीनगरमा रहेको शिवजन माध्यमिक विद्यालयले प्राविधिक तर्फका कक्षाहरुमा इन्टरनेट जडान सहित स्मार्ट र्बोड, कम्प्युटर र प्राजेक्टरको माध्यमबाट पठन पठान गराउदै आएको छ ।
एक कक्षा कोठा एक कम्प्युटर र प्रोजेक्टरको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । उनले भने मल्टिमिडियाको प्रयोग गरेर विगतका वर्षहरुदेखि नै पठन पाठन गराउदै आइरहेका छौं ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले शिक्षकहरुलाई थप तालिम दिई दक्ष बनाइएको उनको भनाई छ । उनले भने कोरोना भाइरसका कारण नियमित रुपमा कक्षा सञ्चालन गर्न नसकिएको अवस्थालाई शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ ।
शिक्षकहरुले सिकेको सिपलाई कक्षाकोठामा प्रयोग गरी अध्ययन अध्यापनलाई थप सहज र प्रभावकारी बनाउन टेवा पुग्ने नेपालीको भनाई छ ।






.jpg)