ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका आइसोलेसन र क्वारेनटाइनमा आयुर्वेदिक शिविर

  दिपक शर्मा २०७७ असार ६ गते शनिबार १७:०९:४० मा प्रकाशित

दिपक शर्मा असार ६, सल्यान 
सल्यानका आइसोलेसन र क्वारेनटाइनमा आयुवेर्दिक शिविर सञ्चालन गरिएको छ । आइसोलेसन र क्वारेनटाइनमा रहेका विरामीहरुलाई रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्न निःशुल्क आयुर्वेदिक शिविर सञ्चालन गरिएको हो । 

त्रिवेणी गाउँपालिका ४ फलावाङ माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ४० जनाको समूहलाई योग अभ्यास गराइएको आयुर्वेद शाखा सल्यानले जनाएको छ । 
आइसोलेसन र क्वारेनटाइनमा रहेको समय नकारात्मक मानसिकता पैदा हुन सक्ने हुँदा केही हदसम्म मानसिक र शारीरिक अवस्थामा सन्तुलन राख्नका लागि निःशुल्क आयुर्वेदिक शिविर सञ्चालन गरिएको योग प्रशिक्षक गिता वलीले बताइन । उनले भनिन रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद औषधी, योग प्रशिक्षण र मनोपरामर्श शिविर सञ्चालन गरिएको हो । 

क्वारेनटाइनमा बस्दा तनाब मुक्त गर्न र शरीरमा प्रतिरक्षात्मक क्षमता बढाउन योग निकै प्रभावकारी हुने वलीको भनाई छ । जिल्लाका विभिन्न क्वारेनटाइनमा पुगेर योग शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ । 

सल्यानमा एक हजार भन्दा बढी क्वारेटाइन र दुई आइसोलेसन वाड रहेका छन् । जसमा तीन हजार बढी नागरिक क्वारेनटाइनमा बस्दै आइरहेका छन् । 
आयुर्वेद शाखा सल्यानले पछिल्लो समयमा जिल्लामा उपचार सेवा प्रभावकारी दिदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top