होमपेज / समाज
जेठ २९, सल्यान
जिल्ला वाहिर र भारत फर्किएलाई राख्न सल्यानमा शैक्षिक संस्थाहरु मात्र प्रयोगमा ल्याएको पाइएको छ । सल्यानमा रहेका १ सय ६० क्वारेनटाइन मध्ये १ सय ५५ क्वारेनटाइन शैक्षिक संस्थामा निमार्ण गरिएको छ ।
कपुरकोट गाउँपालिकामा २, दार्मा गाउँपालिका ३३, कुमाख गाउँपालिका १२, त्रिवेणी गाउँपालिकामा ७ वटा, कालीमाटी गाउँपालिकाा ८ वटा,छत्रेश्वरी गाउँपालिका ८, शिद्धकुमाख ८ वटा शैक्षिक संस्था प्रयोग गरिएको छ ।
यस्तै शारदा नगरपालिका १४,वनगाड कुपिण्डे नगरपालिकामा २६ वटा र वागचौर नगरपालिकामा ३६ वटा शैक्षिक संस्थामा क्वारेनटाइनको रुपमा प्रयोग गरिएको छ । वागचौर नगरपालिकाले मात्र ५ वटा नीजि भवन क्वारेटाइनको रुपमा प्रयोग गरेको छ । महिला , तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि शैक्षिक संस्थाहरु बाहेक अन्य ५ स्थानमा नीजि घर प्रयोग गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए । भारत लगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको उनको भनाई छ ।
सल्यान वहुमुखी क्याम्पस सल्यालमा १ सय वेडको आईशोलेसन निर्माण गरिएको छ । यहाँ कोरोना संक्रमित विरामीलाई राखिएको छ ।
शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर वपाले कार्यपालिकाको निणर्य भए अनुसार क्वारेटाइनको रुपमा विद्यालय प्रयोग गरिएको बताए । उनका अनुसार स्थानीय तहले निणर्य गरेर विद्यालय प्रयोग गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले क्वारेन्टिन निर्माण गरिएका शैक्षिक संस्थाको सरसफाईमा ध्यान सवै स्थानीय तहलाई आग्रह गरिएको वताए । शैक्षिक संस्थालाई क्वारेटाइनको रुपमा प्रयोग गर्नु वाध्यता भएको उनको भनाई छ । शैक्षिक संस्था क्वारेनटाइन तथा आइसोलेसन निमार्ण गरिए पनि सरसफाईमा ध्यान दिइएको उनको भनाई छ ।





.jpg)