ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनका बिच सल्यानको कुमाख गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

  संजिब शर्मा २०७७ जेठ १७ गते शनिबार २०:४३:४९ मा प्रकाशित

संजीव शर्मा जेठ १७, सल्यान 
 सल्यानको कुमाख गाउँपालिकाले लकडाउनको बाबजुद प्रधानमन्त्री रोजगार कार्यक्रम जेष्ठ १६ गते देखि सुरुवात गरेको छ ।

कुमाख गाउँपालिकाका रोजगार संयोजक वसन्त कुमार पुनका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत ४,३२९जना बेरोजगार व्यक्तिहरु मध्ये बाट प्राथमिकताक्रमका आधारमा २८४जना बेरोजगार व्यक्तिलाई ३० दिने काममा संलग्न गराईएको छ । 

यस कार्यक्रम अन्तरगत गाउँपालिकाका सबै सात वटै वडाहरुमा उनिहरुलाई आरसिसि सडक, गोरेटोबाटो, सिँचाई कुलो, खानेपानी, पहिरो नियन्त्रण र कृषि सडक निर्माणको काम मार्फत रोजगार कार्यक्रममा समावेश गराईएको संयोजक पुनले जानकारी दिए । 

लामो समयदेखी लकडाउन भैरहँदा देशमा लाखौको रोजगारी गुमेको छ , तर कुमाखमा  भने अति बिपन्नहरुलाई रोजगारीको अवसर दिईएपछि उनिहरुमा खुसियालि छाएको छ ।कामदारहरुले दैनिक रु ६ सय ज्याला प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय जगत बहादुर घर्तिले  बताए ।  ।

गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा मगर गिरिले विश्वव्यापि महामारी कोरोना भाईरसको विषम परिस्थितिमा सामाजिक दुरी कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोग गरि समुहगत रुपमा आचारसंहिता सहित काममा लगाईएको बताइन । 

आर्थिक बर्ष २०७६ /७७ मा कुमाख गाउँपालिकालाई शसर्त अनुदान बापत रु ७६ लाख बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उपलब्ध गराईएको छ। उक्त बजेट बाट  ७५ प्रतिशत  पारिश्रमिकका रुपमा वितरण गरिनेछ भने बाँकि रकम औजार,निर्माण सामाग्री र सुरक्षा उपकरणमा खर्च गरिनेछ ।यस वर्ष सबै वडामा बेरोजगार व्यक्तिलाई समावेश गरि रोजगार उपभोक्ता समितिहरु गठन गरिएको छ । निर्माण कार्य र खरिद प्रक्रिया समेत को जिम्मा उपभोक्ता समिति लाई नै दिईएको छ । काम सकिएपछि पारिश्रमिक भने कामदारहरुको खातामा बैंकमार्फत भुक्तानि गरिने रोजगार संयोजक वसन्त कुमार पुनले  जानकारी दिए ।
कुमाख गाउँपालिका सल्यान जिल्लामा आर्थिक वर्ष २०७६ /७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने दोस्रो स्थानिय तह भएको छ ।

सरकारले २०७५ फागुन १ देखि बेरोजगारलाई न्युनतम १०० दिनको रोजगार दिने लक्ष्य सहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको थियो । तर यस वर्ष देशमा लकडाउन भएको र बजेट ढिलो आएको कारण १०० दिनको रोजगार भने दिन नसकिने अवस्था आएको छ । यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्व रकम विनियोजन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top