ट्रेण्डिङ

होमपेज / समाज

एक सातामा भारतबाट बनगाड कुपिण्डे नगरपालिकामा भित्रिए १०८१

  इन्द्र बुढाथोकी २०७७ जेठ १७ गते शनिबार १८:३१:०९ मा प्रकाशित

इन्द्र बुढाथोकी जेठ १७, सल्लीबजार 
बन्दाबन्दीको बिचमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा भारतबाट एक हजार ८१ जना भित्रिएका छन् । भारतका नाका तथा प्रदेश र जिल्ला भित्रिने नाकाहरुमा कोरोना परीक्षण विनानै ठुलो संख्यामा नागरिकहरु भित्रि रहेका छन् ।

 भारतबाट भित्रिएका सबैलाई क्वारेनटाइनमा राखिएको नगरपालिकाले जनाएको छ । 
उपमेयर मञ्जु यरीका अनुसार प्रभाकर मा.विको क्वारेन्टाइनमा २५३, जनता प्रा.वि बस्नेउरामा ८८, बनगाड क्याम्पस बनगाडमा १५७, रामजानकी प्रा.वि राउचेमा ८१, भैरवी नि.मा.वि वेलखोलामा ८१, गंगा प्रा.वि अम्रामा ७१ बसी रहेका छन् । 

यस्तै भेरी नि.मा.वि गरामा ४३,  नवज्योति मा.वि अध्यरीमा ३७, सरस्वती प्रा.वि सुनौलीमा ५७, मुक्ती मा.वि औलबेसिमा २० जना , श्री त्रिभुवन जनता मा.वि च्युरामा १२२ जना, जीवन ज्योती प्रा.वि रम्चाउन ४९, मिल्की बोर्डिङमा ६, प्रतिभा मा.वि जयपानीमा ११ र सामुयल चर्चमा बाबियाचौरमा ५  गरी जम्मा १ हजार ८१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । एक पटक ठुलो संख्यामा नागरिक भित्रिदा व्यवस्थापन निकै समस्या भई रहेको यरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top