ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको शारदा नगरपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको विमा गर्ने

दर्जन बढी क्वारेनटाइन स्थापना 

  हिमाल शर्मा २०७७ जेठ १२ गते सोमबार १९:४८:१३ मा प्रकाशित

सावित्रा बस्नेत जेठ १२, सल्यान 
सल्यानको शारदा नगरपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारुी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको विमा गर्ने भएको छ । सोमबार बसेको नगर कार्यपालिकाको वैठ्कले यस्तो निर्णय गरेको हो  . 


नगरभित्रको स्वास्थ्य इकाईमा कार्यरत कर्मचारी, कोरोना नियन्त्रण अभियानमा खटिएका नगर र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना विमा गर्ने निर्णय भएको मेयर सुरेश अधिकारीले बताए । 


दर्जन बढी क्वारेनटाइन स्थापना 
भारत लगायत तेस्रा् मुलुकबाट ठुलोमात्रामा नगरबासी भित्रिने भन्दै नगरपालिको दर्जन बढी क्वारेनटाइन थप गर्ने भएको छ । नगर कार्यापालिकाको वैठ्कले १ नम्वर वडाका लागि श्रीनगरमा,२ /३ का लागि लुहापिङ्गमा वडा न ,४ ५ वडाका लागि पिपलनेटा माबि ,६ का लागि बालशखा मावि,७ का लागि कालिका मावि,८ का लागि सेवाकेन्द्र भवन मार्के,९ का लागि बाग्चौर निमावि भवन,१०/ ११ का लागि हिवल्चा माविमा क्वारेनटाइन बनाउने निर्णय गरेको हो 


यस्तै ,वडा न १२ का लागि मावि मुलडाँडा,१३ का लागि लक्ष्मी मावि स्यानिखाल र १४/ १५ का लागि मावि माल्नेटामा क्वारेन्टाइन बनाउने निर्णय भएकोहो ।हाल खलङ्गा स्थित मावि भवन र केही वडा हरुमा मात्र क्वारेन्टाइन राखिएकोमा क्वारेन्टाइनको बिस्तार र ब्यवस्थापन गर्ने निर्णय भएको नगरका प्रवक्ता दिपक हमालले जानकारी दिए ।क्वारेन्टाइमा बस्ने नगरवासिकालागि खाद्न्न ,खानापकाउने र उपभोग गरिने भाडाकुडा र बिछ्याउने म्याटको ब्यवस्था नगरले गर्नेछ।


त्यस्तै,भारत र तेस्रो मुलुक बाट नगर भित्र प्रवेश गर्ने हरु र सङ्कास्पद बिरामीहरुको स्वाव परिक्षण गर्न १ हजार पिसिआर टेस्ट किट खरिद गर्नेपनी नगरले निर्णय गरेकोछ।
नगरकार्यपालिकाको निर्णय अनुसार नगरसभाले छुट्याएका तर हालसम्म सम्झौता हुननसकेका योजना हरुको अवदेखी निर्माण सम्झौता नहुने भएकोछ।तर,सम्झौता भैसकेका योजना हरु भने सामाजिक दुरि बनाएर अगाडि बढाउने र सम्पन्न योजना हरुको भुक्तानी प्रकृया थाल्ने पनि निर्णय भएको नगरले जनाएकोछ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top