ट्रेण्डिङ

होमपेज / समाज

शारदा नगरपालिका पाँच वडाको भवन शिलन्यास

  हिमाल शर्मा २०७७ बैशाख २५ गते बिहीबार १८:२९:०३ मा प्रकाशित

सावित्रा बस्नेत वैशाख २५, सल्यान
जिल्लाको शारदा नगरपालिका वडा न पाँचको भवन शिलन्यास गरिएको छ । लकडाउनको बिचमा  नगर प्रमुख सुरेश अधिकारीले बिहिबार भवनको शिलन्यास गरेका हुन । 
कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिका बिच सामाजिक दुरी कायम गर्दै निमार्ण कार्य अघि बढाउने गरी भवनको शिलन्यास गरिएको हो । 


५९ लाखको लागतमा भवन निमार्ण गरिने वडा कार्यालयले जनाएको छ । भवन निमार्ण पश्चान जनतालाई सेवा सुविधा प्रदान गर्न सहज हुने नगर प्रमुख सुरेश अधिकारीले बताए । कोरोना भाइरसका कारण काममा केही ढिलाई भएको बताउदै उनले निर्धारित समयमानै काम सक्ने गरी अघि बढ्न उनले आग्रह गरे । सामाजिक दुरी कायम गरी काम गर्न र गराउन पनि उनले आग्रह गरे । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top