होमपेज / समाज
सावित्रा बस्नेत २४, सल्यान
शारदा नगरपालिका सल्यानले स्थापना गरेको त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङ्गको क्वारेनटाइनमा सात जना बसेका छन् ।
क्वारेनटाइनमा बस्नेमा नगरपालिकाको वडा न ८ सिमखर्कका एक परिवारका सात जना रहेका छन् । भारतबाट आएका एक जना पुरुष र उनको छ जनाको परिवारलाई क्वारेनटाइनमा राखिएको शारदा नगरपालिकाले जनाएको छ ।
उनीहरुमा स्वास्थ्य समस्या देखा नपरे पनि गाउँलहरुको प्रयासले क्वारेनटाइनमा राखिएको नगरपालिकाको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतबाट आएका पुरुष जस्तै भारत तथा विदेशका विभिन्न देशबाट आएका व्यक्ति क्वारेनटाइनमा बसी सहयोग गरिदिन नगरप्रमुख सुरेश अधिकारीले आग्रह गरे । कोरोना जस्तो महामारीबाट आफू पनि बाँच्न र अरुलाई पनि बचाउन सबैलाई आग्रह गरे ।





.jpg)