होमपेज / समाज
प्रकाश शर्मा पुष २५,सल्यान
भुकम्प प्रभावित दामा गाउँपालिर्कामा बालमैत्री शौचालय र खानेपानी योजना निर्माण नेपाल रेडक्रस सोसाइटी सल्यानले तिव्रता दिएको छ । रेडक्रसले पछिल्लो समय चार सार्वजनिक सस्थाहरुमा वालमैत्रि शौचालय तथा खानेपानीआयोजना निर्माण सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वरा संचालित कर्णाली भुकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत शौचालय तथा खानेपानि योजना निर्माण गरिएको हो । रास्ट्रिय माध्यमिक विद्यालय दार्माकोटमा तीन कोठे वालमैत्रि शौचालय तथा खानेपानि निर्माण सम्पन्न गरिएको छ । यस भन्दा अघि पाँच सय माथि विद्यार्थी रहेको विद्यालयमा एक मात्र शौचालय रहेको थियो ।
यस्तै दार्मा २ मा रहेको झ्यारिवाङ स्वास्थ्य इकाइमा एक कोठे सौचालय तथा खानेपानि निर्माण गरिएको छ । दार्मा ५ मा रहेका अन्धनासक आधारभुत विद्यालयमा पनि खानेपानि योजना निर्माण गरिएको छ भने दार्मा ५ मा रहेकोविश्जेश्वर आधारभूत विद्यालयमा खानेपानि निर्माण गरिएको छ । यस वाहेक स्वास्थ्य चौकि दार्माकोटमा सल्याव निर्माण , ज्यामिरे स्वास्थ्य इकाइमा वर्थिङ सेन्टर स्तरउन्नति को लागि पुर्वाधार सहयोग , धुलखर्क स्वास्थ्य ईकाइमा घेरवारको काम सम्पन्न भएको छ ।
२०८० कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु भएको भुकम्पका कारण दार्मा गाउपालिकाका ४ हजार २ सय ८० निजि घरहरु तथा सार्वजनिक सस्था हरुमा छतिपुगे पछि रेडक्रस ले भुकम्प प्रतिकार्य तथा पुनर्लाभ कार्यक्रम संचालन गरियको जिल्ला सभापति यौवन प्रकाश श्रेष्ठलेले जानकारी गराउनु भयो ।