ट्रेण्डिङ

होमपेज / समाज

अभिभावकसँग सम्बन्ध जोड्दै जनज्योति फारुला 

  प्रकाश शर्मा २०८१ भाद्र १ गते शनिबार ११:४९:०९ मा प्रकाशित

प्रकाश शर्मा भदौ १,सल्यान 
एउटा सफल अभिभावकको हैसियतले आफ्ना छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो। बच्चा जन्मदा देखिनै उसलाई सिकाईने सबै खालका ज्ञानहरु बच्चाका लागि शिक्षा हुन्। बच्चाको सिकाइका लागि उसका अभिभावकहरु जब सहभागी हुन थाल्दछन तब बच्चाले ढुक्क सँग अध्ययन गर्न सक्छ अनि सिकाइ अझ राम्रो र प्रभावकारी हुन्छ। धेरै खोज अनुसन्धानले प्रमाणित गरिसकेको छ कि बच्चाको सफल सिकाइका लागि आमाबाबुको संलग्नता र उनीहरुसँग भएको शिक्षा र ज्ञानगुणका कुराहरु बच्चाका लागि फलदायी भएका छन्। 

यहि कुरालाई मध्यनजर गर्दै जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका ३ फारुलाचौरले विद्यालयसँग अभिभावकलाई प्रत्यक्ष रुपमा जोडन् अभिभावक टोल समन्वय समिति गठनलाई वित्रता दिएको छ । विद्यार्थीको शिषण सिकाईमा विकास गर्न शिक्षक, विद्यार्थी र अभिभाजक त्रिपक्षीय सम्बन्ध जोडिने भएकाले विद्यालयले टोल टोलमा पुगेर समिति गठनलाई तिव्रता दिएको हो । 

 शुक्रबार  आफ्नो सेवाक्षेत्र भित्र भित्र रहेका २४ टोलमा जनज्योति अभिभावक  टोल  समन्वय समिति गठन गरेको हो ।
 विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला विच त्रिकोणातमक  सम्बन्धवाट   विद्यालयको समग्र  विकास  हुने र विद्यालयको शैक्षिक गुणुस्तरमा वृद्धि हुने र्भएकोले टोल समन्वय समित गठन गरिएको प्रधानाध्यपाक  मीन बहादुर वलीले जानकारी दिनु भयो । टोल अभिभावक  समन्वय समितिको प्रत्येक महिनाको मसान्तमा वैठक बस्ने उहाँले बताउनु भयो  । वैठकको  सहजिकरण बिध्यालयले गर्ने बैठकमा उठेका विषयहरु विद्यालयमा समावेस गरि छलफलको विषय बन्ने उहाँको भनाई छ । 

विद्यालय ब्यबस्थापन  समिति , शिक्षक अभिभावक  संघ , शिक्षक स्टाफ र सरोकारवालाहरुको सक्रियतामा टोल समन्वय समिति गठन गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top