होमपेज / समाज
असार २१, सल्यान
सल्यानको दार्मामा भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा तथा कर्णाली भूकम्प पुर्न लाभ कार्यक्रम अन्तर्गत हङकङ रेडक्रसको आर्थिक सहयोगमा दार्मा गाउँपालिका सल्यानका भूकम्पबाट प्रभावित ५ वटा सामुदायिक विद्यालयका ७ सय ८० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। भूकम्प प्रभावित बालबालिकाहरूलाई गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले प्रति विद्यार्थी रु ४ हजार ३ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री कीट हस्तान्तरण गर्नु भएको छ।
सामग्री वितरण कार्यक्रममा सामाजिक विकास शाखा सभापति पुष्पाञ्जली मगर ,नेपाल रेडक्रस सोसाइटी दार्मा उपशाखा सभापति अनन्त प्रसाद शर्मा शिक्षा शाखा सहायक रोम प्रसाद पाण्डेय लगातको उपस्थिति रहेको थियो
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प ले सल्यानको दार्मामा ठुलो सङ्ख्यामा भौतिक क्षति भए सँगै विद्यालयकाविद्यार्थीहरु प्रभावित भएका थिए। भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई सामान्य अवस्थामा ल्याउन शिक्षा स्वास्थ्यमा सकारात्मक सन्देश दिन भूकम्प प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू अन्तर्गत सुचना सामाग्री , ज्यामिति बकस १ ,टिफिन बकस१ , बोतल १ कपि१ दर्जन ,खेल सामग्री र्याङ्कोट १ सेट , पेन्सिल १ दर्जन र ब्याक १ ओटा प्रति कीट ४ हजार ३ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको रेडक्रस सोसाइटी कर्णाली भूकम्प पुनर् लाभ कार्यक्रम अधिकृत जगत तामाङले जानकारी दिनुभयो ।





.jpg)