ट्रेण्डिङ

होमपेज / समाज

आफ्नै घर पराइ जस्तो भयोः दार्मा भूकम्प पिडित

  दिपक शर्मा २०८० कार्तिक २२ गते बुधबार ०७:३३:१० मा प्रकाशित

कात्तिक २२,सल्यान 
सल्यान  दार्मा गाउँपालिका २ लिरापाजाका उदयराम खत्रीलाई  आफनै घर पराइ जस्तै लागेको छ । घर भित्र जाउ भत्किएला भन्ने डर , नजाउ अन्नपात देखि लत्ताकपडा  भित्र  छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफनै घर पराई जस्तै भएको छ ।

गत शुक्रबार  राति जाजरकोट  केन्द्र  भएर गएको भुकम्प परि खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि  बस्न बाध्य छ । राति भएपनी कसरी  बाचिँयो थाहा  छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ । उहाँले भन्नू भयो साना छोराछोरी  छन् । बाहिर  सुती राहेका छौं, छोराछोरीले जाडो भयो  घर भित्र  जाऔ भन्छ्न । घर भत्किन्छ की भन्ने डरले त्रिपाल मुनी रात काट्न बाध्य  छौ । 

त्रिपाल भित्र बस्दा बिहान सिरक सितले भिज्ने गरेको उहाँको भनाई छ । सितले भिजेका कपडा दिउँसो सुकाउने र साँझ फेरी त्यही ओड्ने गरेको खत्रीले बताउनु भयो । घर भत्किएको तीन दिन भइसक्दा समेत एक त्रिपाल बाहेक अरु केही नपाएको उहाँको गुनासो छ । घरभित्र अन्नपात भएपनि केही अन्नपात परिएको र नपुरिएको पनि निकाल्न नसेको पिडितको भनाई छ । 

खत्री जस्तै टेक बहादुर के सी को परिवार  पनि खुला  आकाश  मुनि बस्दै  आइरहेको  छ । ५ लाख ऋण कारेर २ वर्ष पहिले बनाएको घर भुकम्पले पुरै भत्काए पछि उहाँ अहिले घरबार बिहिन  हुनु भएको  छ । पुरानो ऋण तिर्न  नपाउदै भुकम्पले घर पुर्ण रूपमा  भत्काइ दिए पछि त्रिपाल मुनि बस्नु परि रहेको उहाँको भनाइ  छ । उहाँले भन्नु भयो  ‘अब साना छोराछोरीलाई  खुवाउने पैसा खोजौंकी  ऋण तिर्ने पैसा खोज्नु ।’

यस्तै लिला खत्रीका तीन वटै घर भूकम्पले भत्काइदिएको छ । भएका तीन वटै घर भूकम्पबाट भत्काएपछि उहाँको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पिडा जस्तो अरु के होला र उहाँले भन्नु भयो । खुला आकाशमा बस्नुको पिडा त छदै छ त्यो भन्दा अब अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन समेत थालेको छ । उहाँले भन्नु भयो खाइनखाइ घर बनाइयो तर सबै भुकम्पले लडाइ हाल्यो अब कसको सरनमा गएर बस्ने । 

दार्माका सात सय  बढी घर परिवार खुला आकाशमा बस्न बाध्य  छ्न । मानवीय  क्षती नभए  पनि भौतिक क्षती भने जाजरकोट र रुकुम पश्चिम बराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष  निम बहादुर के सीले बताउनु भयो । दार्माका  १,२,५ र ६ वडामा बढी  क्षती भएको उहाँको  भनाइ  छ । उहाँले भन्नु भयो मानवीय  क्षति नभए पनि धेरै  भौतिक  क्षती भएको छ । भौतिक  क्षतिको विवरण  जाजरकोट  र रुकुम मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको  छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top