ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ५ आइसोलेसन र ९३ शैयाको क्वारेनटाइन

  दिपक शर्मा २०७६ चैत्र १७ गते सोमबार १७:३८:५९ मा प्रकाशित

दिपक शर्मा चैत १७, सल्यान 
सल्यानमा कोरोना भाइरसको सम्भावित संक्रमणमा अपनाउनु पर्ने पुर्वतयारी गरिएको छ । जुनसुकै समयमा पनि जोखिम आउन सक्ने भएकाले उक्त जोखिम न्युनिकरण गर्न पुर्व तयारी गरिएको हो । 
सल्यान जिल्ला अस्पतालमा २० क्वारेनटाइन र पाँच वार्डको आइसोलेसन तयारी गरिएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाले २३ , शारदा नगरपालिकाले २० र त्रिवेणी गाउँपालिकाले ३० शैयाका क्वारेनटाइन निमार्ण गरी सकेका छन् । 
छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्य चौकी, जयचौर स्वास्थ्य चौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५÷५ वेड र प्राथमिक स्वास्थ्य चौकी लेखपोखरामा ८ वेडको क्वारेनटाइन निमार्ण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीको भनाई छ । 
 शारदा नगरपालिकाले श्री त्रिभुवन जनमाध्यमिक विद्यालयमा २० शैयाको क्वारेनटाइन निमार्ण गरेको छ । यस्तै त्रिवेणी गाउँपालिकाले वडा १ जनता माध्यमिक विद्यालय काभ्रामा १२ शैया,  राधेश्याम मावि काराँगिठीमा १०, चण्डेश्वरी प्राविमा ८ शैया गरी ३० शैयाको क्वारेनटाइन निमार्ण गरेको छ । 
त्रिवेणी गाउँपालिकामा १५ र सल्यान जिल्ला अस्पतालमा ५ जना क्वारेनटाइनमा बसी रहेका छन् । 
 विदेशबाट घर फर्किएका व्यक्तिहरुलाई सुरक्षित तरिकाले होम क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको भनाई छ । विदेशबाट आएकाहरुको रेकर्ड राखिएको र अहिलेसम्म कोही  पनि शंकास्पद अवस्थामा नरहेको उनको भनाई छ । 
जिल्लामा कोही शंकास्पद देखिएमा तत्कालै रुकुख चौरजहारी, तुलसीपुर र सुर्खेत पठाउने गरी तयारी गरिएको प्रजिअ पोखरेलले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top