ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ४० मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

  हिमाल शर्मा २०७९ कार्तिक ३० गते बुधबार १३:०६:४७ मा प्रकाशित

कात्तिक ३० ,सल्यान । 
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा ४० वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
जिल्लाका १० वटा स्थानीय तहमा रहेका २ अस्थायी सहित १ सय १९ मतदानस्थल रहेको सल्यानमा ४० मतदानस्थललाई अति संवेदनशील मतदान स्थलको रुपमा राखिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा जिल्लाका १० स्थानीय तहका सबै क्षेत्रका मतदानस्थल अति संवेदनशील रहेको र जिल्लाको भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।

निर्वाचनको समयमा अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा सुरक्षाका लागि त्यहि किसिमले सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले वताउनुभयो । ‘सामान्यमा १०, संवेदनशीलमा १५ र अति संवेदनशील मतदानस्थलमा १८ देखि २० जनासम्म सुरक्षाकर्मी खटाइनेछ,’ उहाँले भन्नुभयो ।
जिल्लाका ४० अति संवेदनशील र ६१ संवेदनशील मतदानस्थल भए पनि अहिलेसम्म त्यस्तो समस्या भने नभएको उनको भनाइ छ ।

जिल्लामा १० स्थानीय तहमा कुन पालिकामा कति भनेर खुलाउन नसके पनि सबै पालिकाका मतदानस्थल लाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको र अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सामान्यभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी भैरहेको अनि जिल्लाभरका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top