होमपेज / समाज
भदौ २९,सल्यान
खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वाचित पदाधिकारीहरुले पद तथा शपथ ग्रहण गरेका छन । गएको शनिवार भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले बुधबार कार्यकक्षमा पद तथा शफत ग्रहण गरेका हुन ।
निर्वाचन संयोजक चन्द्र प्रकाश वली सिपीले निर्वाचित संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकी, उपाध्यक्षमा मौसम दास श्रेष्ठ, सचिव सुधन श्रेष्ठ, सहसचिवमा इन्द्रा भण्डारी श्रेष्ठलाई पद तथा शफथ ग्रहण गराउनु भएको हो ।
यस्तै सदस्यहरुमा लक्ष्मण हमाल, जिमजियाङ राई, उत्तरा कुमारी विष्ट र विनोद थापाले पनि पद तथा शफथ ग्रहण गर्नुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष बुढाथोकीले जति सक्यो उपभोक्ताहरुलाई सहज र सर्वशुलभ रुपमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाउनु भयो । उपभोक्ताहरुले बिश्वास गरेर दोस्रो पटक पनि निर्वाचित गराएर जिम्मेवारी दिएएकाले आगामी दिनमा उपभोक्ताहरुलाई मर्का नपर्ने गरि खानेपानी सहज बनाउने बताउनु भयो । खानेपानीको माग अझै बढदै गएकाले अझ बढाउदै लैजाने बताउनु भयो ।
अहिले श्रीनगर र खलंगाका २ हजार ६८ घरधुरीले पिउने पानी पाइरहेका छन ।





.jpg)