होमपेज / समाज
इन्द्र बुढाथोकी भदौ २८ सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -३ खानीगाँउकी अन्दाजी ३६ वर्षकी रिमा बुढा विगत एक हप्ता देखी सम्पर्कविहीन भएकी छन् । भदौ १७ गते माइती घर देखि बेपत्ता भएको बुवा खर्के पुनले बताउनु भएको छ ।
माइती घरबाट सल्लीबजार गएर बोइलरको दाना ल्याउँछु भनेर १५ सय रुपैयाँ लिएको र अहिलेसम्म माइती घर नफर्किए पछि जतासुकै खोज्दा पनि नभेटिएको बुवा पुनले बताउनु भएको छ । छोरी ज्वाइँ भारतको नासिकमा बस्दै आएको तिज मान्न भदौ १३ गते माइती घर आएकी थिइन । माइती घर आएको एक हप्तामा नै सम्पर्क विहीन भएको बुवा खर्केले बताउनु भएको छ ।
आफन्त र छिमेकीको सहयोगमा सबै ठाउँमा खोज कार्य गर्दा पनि फेला पार्न नसकिएको आफन्तले जनाएका छन् । उनलाई कहिकता फेला पार्नु हुने जो कोहीले पनि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुन बुवा खर्के पुनले सबैलाई अनुरोध गरेका छन् ।





.jpg)