ट्रेण्डिङ

होमपेज / समाज

खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित

  सरिता चलाउने २०७९ भाद्र २६ गते आइतबार १०:२७:२० मा प्रकाशित

सरिता चलाउने भदौ २६,सल्यान 
खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केशव बुढाथोकी निर्वाचित हुनु भएको छ । 

शनिवार भएको निर्वाचनमा बुढाथोकीले प्रतिस्पर्धीलाई ३ सय ४५ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन । निर्वाचित बुढाथोकीले ७ सय ८६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी पूर्ण चन्द्र राईले ४ सय ४१ मत ल्याउनु भएको छ । 

यस्तै उपाध्यक्षमा मौसम दास श्रेष्ठले ८ सय ६५ मत ल्याएर विजयी हुन्ँदा उहाँका प्रतिद्धन्द्धी प्रकाश नेपालीले २ सय ४९ मत प्राप्त गर्नु भएको छ । सचिवमा सुधन श्रेष्ठले ५सय ५९ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी माधव राईले ४३३ र विमर्श प्रधानले १ सय ५१ मत ल्याउनु भएको छ । सहसचिवमा इन्द्रा भण्डारी श्रेष्ठलृ ७ सय ३६ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी गायन्त्री खड्काले १ सय ५८ मत पाउनु भएको छ । 

यस्तै सदस्यहरुमा लक्ष्मण हमाल, जिमजियाङ राई, उत्तरा कुमारी विष्ट र विनोद थापा निर्वाचित हुनु भएको छ । उहाँहरुले क्रमश ९३४, ७६७, ७२६ र ६५९ मत पाउनु भएको छ । 
खलंगा शितलपाटी खानेपानी उपभोक्ता संस्थामा २ हजार १ सय ६ मतदाता रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top