होमपेज / समाज
भदौ २२,सल्यान
सल्यानमा विषालु सर्पको टोकाई बाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टि बिकको मृत्यु भएको हो ।
आफ्नै घरको नजिकै आगनमा आमासँगै हिडि रहेको अवस्थामा बालिकालाई मंगलबार साझ करिब ६ बजे सर्पले टोकेको थियो । सामान्य घरेलु उपचारकै क्रममा मृत्यु भएको उनको आमाले जानकारी दिनु भयो ।
चालु आर्थिक वर्षमा मात्र सल्यानमा सर्पको टोकाईबाट दुई जनाको मृत्यु भइसकेको छ । सर्पदंशको उपचार नजिकै नहुँदा अकालमै सर्पको टोकाइबाट ज्यान गुमाउनु परी रहेको छ ।





.jpg)