ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका दुई टुहुरा बालकको सहारा बन्यो साझा घर नेपाल

  इन्द्र बुढाथोकी २०७९ भाद्र २० गते सोमबार १७:२४:४१ मा प्रकाशित

इन्द्र बुढाथोकी भदौ २०,सल्यान 

आमाबुवाको मृत्यु भएपछि टुहुरा बनेका सल्यानका दुई बालकको साझा घर नेपाल सुर्खेत अभिभावक बनेको छ । आमाबुवा गुमाएका बेसहारा सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराका दुई दाजुभाइलाई अभिभावकत्व प्रदान गर्दै साझा घर नेपाल अभिभावक बनेको हो । 

तीन वर्ष अघि बुवाको क्यान्सरबाट र केही महिना अघि मात्र आमाको मृत्यु भएपछि टुहुरा भएका १५ वर्षीय दीपक वि.क. र ४ वर्षीय दीपेश वि.कलाई बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले साझा घर नेपालका प्रमुखलाई जिम्मा लगाउनु भएको हो । आमाबुवाको मृत्यु भएपछि विवाह भएको दिदीको घरमा बस्दै आइरहेका थिए । १५ वर्षीय विक. मुक्ति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आइरहेका थिए । आमाको मृत्यु भएपछि उनले पढाई समेत छोडेका थिए । 

टुहुरा बालकहरू जोखिम अवस्थामा रहेको र भविष्यमा बालक हेपाहामा पर्ने देखिएकाले स्याहारका लागि बालबालिकालाई साझा घर नेपालमा पठाइएको नगरप्रमुख बुढाथोकीले बताउनु भयो । 

अब दुई बालक साझा घर नेपाल सुर्खेतको परिवारसँगै हुर्कने र उनको लालन पालनका साथै अध्ययन गर्ने साझा घर नेपालका अध्यक्ष भीम बहादुर विश्वकर्माले जानकारी दिनु भयो । संस्थाले हाल ५९ असहाय, टुहुरा बालबालिकालार्इं सहारा दिँदै आइरहेको  बताउनु भयो । 

समाजका बेसहारा बालबालिकाको अभिभावकत्व ग्रहण गरेर राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताको लागि मूल्याकंनको आधारमा सरकारी स्तरबाट समेत उचित सहयोग हुनु पर्ने विश्वकर्माको भनाई छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top