होमपेज / समाज
साउन १६,सल्यान
सल्यानमा पछिल्ला वर्षमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । हरेक बर्ष जिल्लामा आत्माहत्याको संख्यामा बृद्धि भएको पाईएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत वर्ष आर्थिक बर्षमा सल्यानमा ५४ जनाले आत्माहत्या गरेका छन ।
गएको चालु आर्थिक बर्ष २०७८∕७९ मा जिल्लामा ३३ जना पुरुष र २१ जना महिलाले आत्मा हत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ । प्रहरीका अनुसार सबै भन्दा बढि झुन्डिएर आत्मा हत्या गरेका छन । ४२ जनाले झुन्डिएर आत्मा हत्या गरेको पाईएको छ भने ११ जनाले विष सेवन गरेर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रवत्ता तथा प्रहरी निरिक्षक सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आत्मा हत्या गर्नेमा बालबालिका पनि रहेको पाईएको छ ।
गएको बर्षको तुलनामा आत्माअत्या गर्ने संख्यामा केही कमी देखिए पनि उल्लेख्य मात्रामा पनि कमी नदेखिएको बताउनु भयो ।
प्रहरी प्रवत्ता खनालका अनुसार धेरै कारणले आत्महत्या गरिएको पाइएको छ । ‘धेरै आत्महत्या त मानसिक रोगका कारण हुने गरेको छ,’ उहाँले भन्नु भयो, ‘पारिवारिक कलह, नैराश्यता, कारण आत्महत्या गर्ने पनि छन ।’ मादक पदार्थ, गरिबी, प्रेममा धोका, असफलता, तनावका कारण पनि आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको उहाँले बताउनु भयो ।
त्यस्तै सामाजिक कारण (गोपनियता भंग, बेइज्जती) असफल प्रेम सम्बन्ध, घरेलु हिंसा, श्रीमान श्रीमतीबीचको भौतिक दूरी, वैदेशिक रोजगार, अशान्त घर, तनावपूर्ण सम्बन्ध र इगो जस्ता कारणहरुले पनि आत्महत्याका घटनाहरु बढिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवत्ता प्रहरी निरिक्षक खनालले बताउनु भयो ।
आत्महत्याका घटना बढदै जानुको मुख्य कारण मानसिक रोग देखिएको जिल्ला अस्पताल सल्यानका डाक्टर अविशेष सिंहले बताउनु भयो । अस्पतालमा धेरै जसो मानसिक रोगिका बिरामी उपचार गराउन आउने गरेको बताउनु भयो । समाजमा मानसिक रोगिका बिरामी धेरै भएकाले अझै पनि यस्ता बिरामी खुलेर बाहिर आउन नसकेको बताउनु भयो । उहाँका अनुसार प्रायःजसो उदासीपन, निर्णय लिन अक्षम, आर्थिक अभाव, मानसिक र दीर्गरोग, दुव्र्यसन र मादक पदार्थ सेवनलगायत कारण मानिसले सजिलै आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ । आत्माहत्या गर्नेमा २० देखि ४५ बर्ष उमेर समुहका बढि देखिएको उहाँले बताउनु भयो । यस्ता घटना हुन नदिन र मानसिक रोगीका बिरामीको समयमै उपचार तथा रोकथाम गर्न सकिएन भने आगामी दिनमा जटिल समस्या आउन सक्ने डाक्टर सिंहले बताउनु भयो ।





.jpg)