ट्रेण्डिङ

होमपेज / समाज

सल्यान जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

  सरिता चलाउने २०७९ श्रावण १२ गते बिहीबार १८:२६:२५ मा प्रकाशित

सरिता चलाउने  साउन १२, सल्यान
सल्यान जिल्ला अदालतले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ ।     अदालतको लक्ष्य अनुसार गत आव २०७८/७९ मा ३ सय ९६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा अदालतले ४ सय ६ मुद्दा फर्छ्यौट गर्न सफल भएको हो । आर्थिक वर्ष २०७८/७९  मा अदालतबाट बिभिन्न प्रकृतिका ६ सय ६६ वटा मुद्दा परेकोमा ४ सय ६ मुद्धा फैसला गरेको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताउनु भयो  ।

विगतका आर्थिक वर्षहरुबाट सरि आएका १ सय ८१   मुद्दा र यस वर्ष नयाँ दर्ता भएका ४ सय  ८५ वटा मुद्दा गरी कुल ६ सय ६६ मुद्दामध्ये ६१  प्रतिशत अर्थात ४ सय ६  वटा मुद्दा फैसला गरिएको बताउनु भयो  । उहाँका अनुसार अब २ सय ६०  मुद्दा अर्थात ३९ प्रतिशत मुद्धा फर्छ्यौट हुन बाँकी रहेको छ । 
सल्यान  जिल्ला अदालतमा देवानी भन्दा फौजदारी प्रकृतिका मुद्दाहरु बढी दर्ता भइरहेका छन् ।  फौजदारीमा २ सय ४३ मुद्धा दर्ता भएकोमा १ सय १५ फर्छ्यौट भएका छन भने १ सय २८ फर्छ्यौट गर्न बाकि रहेको उहाँले बताउनु भयो । यस्तै देवानीमा ४ सय २३ मुद्धा दर्ता भएकोमा २ सय ९१ फर्छ्यौट गरिएका छन भने १ सय ३२ फर्छ्यौट हुन बाकि रहेका छन ।
उहाँका अनुसार सबै भन्दा बढि सम्बन्ध बिच्छेदका मुद्र्धा दर्ता भएको बताउनु भयो । आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्ध बिच्छेदका मात्र ३ सय २२ मुद्धा दर्ता भएका छन । जस मध्य २ सय ४३ वटा फर्छ्यौट भएका छन भने २ सय २९ फर्छ्यौट हुन बाकि रहेको अदालतले जनाएको छ । अदालतका अनुसार गत बर्ष भन्दा यस बर्ष १ सय बढि संख्याले सम्बन्ध बिच्छेदका मुद्धा बढेका छन । सानै उम्मेरमा बिवाह गर्नु, बैदेशिक रोजगार, सामाजिक संजाल, पारिवारीक वेमलका कारण सम्बन्ध बिच्छेदका घटना बढदै गएको पाईएको छ । 
यस्तै ३४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका छन । जस मध्य ३० वटा फर्छ्यौट भएका छन भने ३४ वटा मुद्धा फर्छ्यौट हुन बाकि रहेको अदालतका श्रेतेदार ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top