ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा विद्युतीय राहदानी प्रत्यक्ष अनलाइनबाट दर्ता गरिने

  सरिता चलाउने २०७९ श्रावण १० गते मंगलबार १६:३९:५८ मा प्रकाशित

साउन १०,सल्यान 
साउन १०,सल्यान 
सल्यायनमा विद्युतीय राहदानी सिधै प्रत्यक्ष अनलाइन दर्ता गरिने भएको छ ।  कार्यालय समयभित्र सर्वरले लिएसम्मको संख्यामा सिधै प्रत्यक्ष अनलाइन दर्ता गरिने भएको हो । 

साउन १५ गतेदेखि आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई पहिले आउनेलाई पहिलो सेवाको आधार प्रत्यक्ष अनलाइन दर्ता गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

 यसअघि राहदानी सेवा प्रदान गर्दा प्रत्यक्ष अनलाइन दर्ता र अग्रिम अनलाइन विवरण दर्ता गरी पालो अनुसार अनलाइन दर्ता हुँदै आइरहेको थियो ।   सर्वरले लिएसम्मको संख्यामा सिधै प्रत्यक्ष अनलाइन दर्ता गरिने भएकाले तत्कालका  लागि अग्रिम अनलाइन दर्ता नखुलाइने सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनु भयो ।

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top