ट्रेण्डिङ

होमपेज / समाज

टिकटक बनाउने क्रममा चिप्लिदा कुपिण्डे तालमा एक युवा वेपत्ता

  इन्द्र बुढाथोकी २०७९ श्रावण १० गते मंगलबार १३:५५:४४ मा प्रकाशित

साउन १०,सल्यान
सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ वर्षको बेद बहादुर बस्नेतले वेपत्ता भएका हुन । 

मंगलबार दिउँसो साथीहरुसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्था चिप्लिदा बनगाड कुपिण्डे नगरपालिका ९ मा रहेको कुपिण्डे तालमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो । 
 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top