ट्रेण्डिङ

होमपेज / समाज

प्राकृतिक विपद् बाट सल्यानमा एक वर्षमा आठ जनाको मृत्यु, एक करोड बढी क्षति

  सरिता चलाउने २०७९ श्रावण ५ गते बिहीबार १७:०६:०१ मा प्रकाशित

साउन ५,सल्यान 
सल्यानमा गत आर्थिक वर्ष २०७८/०७९  मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।

 चालु आर्थिक बर्षको श्राउन देखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चटयाङ, हावाहुरी र अविरल बर्षा लगायतका विपद्का घटनाबाट १ करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार आगलागीबाट १, बाढी पहिरोबाट ६ र चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ । 
आगलागीबाट १३  घरमा क्षति पुगेको छ । आगलागीबाट २४ वटा बाख्रा ३ सय कुखरामा क्षति पुगेको छ ।  यस्तै २१ महिला, १९ पुरुष र २८ जना बालबालिका प्रभाबित भएका छन । आगलागी बाट ५७ लाख बराबरको क्षति भएको छ । 

 बाढी पहिरोबाट ६  जनाको मृत्यु, १ घाइते भएको प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले  बताउनुभयो । उहाँका अनुसार २ घरका ३ महिला, ४ पुरुष र ६ बालबालिका प्रभाबित भएका छन भने १२ लाख बराबरको क्षति भएको छ । 
यस्तै चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन  । जसबाट १ घरका ५ महिला, ५ पुरुष र ११ बालबालिका प्रभावित भएका छन । ७ वटा पशुपंक्षिको मृतु भएको छ । जस बाट २० लाख बराबरको क्षति भएको उहाँले बताउनु भयो । 

यस्तै हावाहुरी बाट ३ वटा घर, ९ वटा बिद्यालयमा गरी १७ लाख ८३ हजार बराबरको क्षति भएकोे छ । हावाहुरीबाट १७ लाख ८३ हजार बराबरको क्षति भएको छ भने अबिरल वर्षाबाट  करिब ९७ लाख ६० हजार बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top