ट्रेण्डिङ

होमपेज / समाज

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी

  इन्द्र बुढाथोकी २०७९ असार १७ गते शुक्रबार २१:०६:१९ मा प्रकाशित

असार १७,सल्यान  

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा प्रदेश सुशासन केन्द्रको सहयोगमा स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिहीबार र शुक्रवार गरी दुई दिन सम्म चलेको गोष्ठीमा जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी, महिला बालबालिकाहरूको सहभागिता रहेको थियो भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ पवनराज देवकोटाले प्रशिक्षण दिनु भएको थियो ।

नगरपालिकाबाट हुने विभिन्न प्रकारका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको साझा बुझाइ हुनु पर्ने । महिला पुरुष दुबै पक्षलाई सम्मान व्यवहार हुनु पर्ने समाजमा पछाडि परेका वा पारिएका वर्ग समुदाय क्षेत्र र लिङ्गका मानिसहरूलाई पनि मूलधारमा ल्याउने । नगरपालिकाबाट योजना निर्माण गर्दा लक्षित समूह अर्थपूर्ण सहभागी बनाइ समावेशी बजेट बनाउनुको साथै अर्धभाषिक वार्षिक कार्यक्रम योजना बनाउनु पर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।

 विगतमा लैङ्गिक समानता तथा सामाजिक सामाजिक कारण विगतमा बजेट विनियोजन भए पनी अहिले त्यस्तो नभएको र लैङ्गीक बजेट अन्य क्षेत्रमा प्रयोग हुने गरेकोमा अब त्यसलाई रोक्नु पर्नेमा जोड दिएको छ । समापन कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले विगतमा कसले के गर्‍यो भनेर अब आफूहरूले कसरी दिगो विकास गर्न सकिन्छ भन्ने तिर लागेको समेत बताउनु भएको छ । 

पछाडि पारेका तथा पारिएको वर्ग समुदायको निम्ति आफूहरूले काम गर्ने समेत बताउनु भएको छ । अब नगरपालिका बाट व्यवस्थित कार्य योजना बनाएर अगाडि बढ्ने नगरपालिका सङ्ग मिलेर काम गर्ने विभिन्न सङ्घ सस्ताहरूलाई व्यवस्थित कार्य योजना बनाएर आउन आग्रह गर्नु भएको छ । कार्य योजना विना कुनै पनि कामको उपलब्धि नहुने भएकोले त्यसको खासै उपलब्धि नहुने समेत बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top