ट्रेण्डिङ

होमपेज / समाज

बनगाडमा बाल श्रमिक निवारण सम्बन्धी कार्यक्रम

  इन्द्र बुढाथोकी २०७९ असार १७ गते शुक्रबार २१:००:०४ मा प्रकाशित

असार १७,सल्यान

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा बालश्रम निवारण गुरुयोजनामा स्थानीय तह सङ्ग समन्वय कार्यक्रम सम्पन्न गरिएको छ । श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा कार्यक्रम भएको हो । 

 जोखिममा परेका बालबालिकाको विषयमा छलफल भएको छ । बाल श्रम कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवाला निकायले त्यसको विषयमा प्रचारप्रसार गर्नु त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ लगायतका विषयमा  श्रमिकहरूको अवस्था, ज्याला र उनीहरूको पारिश्रमिकको अवस्थाको विषयमा श्रम तथा रोजगार कार्यालयकी अधिकृत सुनिता कुमारी दर्लामीले सहजीकरण गर्नु भएको थियो । श्रमजीवी वर्गको सामाजिक सुरक्षा, हाल ट्रेड युनियनहरूले के गरिरहेका छन् । नेपालमा श्रमिकहरूका लागि कस्तो कानुनी व्यवस्था रहेको छ भन्ने कुरामा प्रस्ट पारिएको थियो । 

नेपालको संविधान २०७२ को धारा ३४ ले श्रम हकका विषयमा कस्तो व्यवस्था गरेको छ । रोजगार सम्बन्धी व्यवस्था,काम गर्ने समय, सुरक्षा, बिमा, बिदा र सञ्चय कोष सम्बन्धीको विषयमा जानकारी गराएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षालाई सहभागी माझ बडी अवगत गराएको थियो । बालश्रम परेका बालबालिका कसरी पारिवारिक मिलन बनाउने कार्यक्रम विभिन्न क्षेत्रमा रहेका रोजगार दाता, राजनीति दल, कर्मचारी, उद्योग व्यवसायी, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विशेष गरी रोजगार दाताहरूको कार्यक्रम उल्लेख्य सहभागिता रहेको थियो । 

बनगाड कुपिण्डे नगरपालिकामा श्रमिकहरूको उचित मूल्याङ्कन हुने गरी ज्याला ,जीवन सुरक्षाको प्रत्याभूति हुने गरी प्रक्रिया अघि बढाउने विषयमा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले राजनीति रुपमा सङ्घीयता आएपनी आर्थिक प्रशासनिक रुपमा अझै सङ्घीयताको अनुभव नभएको समेत बताउनु भएको छ । व्यवस्था कुरा भयो तर अवस्थाको कुरा आएन अब सबैले अवस्थाको कुरा गर्न तिर सबैको ध्यान जानू पर्ने बताउनु भएको छ । 

त्यससँगै उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावत, वडा अध्यक्षहरू लगायतले श्रमिकहरूको ज्याला,विद्यमान कामको प्रकृति, तेहि अनुसारको ज्याला, सुरक्षाको विषयमा धारणा राखेका थिए । सरोकारवालाहरूले रोजगारी दिँदा ज्यामी वा श्रमिकको ज्यालामा राज्यले तोकेको भन्दा बडी पारिश्रमिक दिँदै आएको जनाएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top