होमपेज / समाज
असार ४,सल्यान
वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो ।
दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा आगोको लप्कोले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडा अध्यक्ष जिवराज बोहोराले जानकारी दिनु भयो । उहाँका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकस बचाउने क्रममा शनिबार दिउसो आगोमा परेरे मृत्यु भएको हो ।
घटनाको अनुसन्धानको लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको डिएसपी सुमित खडकाले बताउनु भयो ।





.jpg)