होमपेज / समाज
सरिता चलाउने सल्यान, जेठ ४ गते ।
वैदेशिक रोजगारीका कारण सामाजिक रुपमा देखा परेका समस्या समाधान गर्न घर परिवारको महत्त्वपूर्ण जिम्मेवारी हुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । उनीहरूले वैदेशिक रोजगारीमा गएका पुरुष र महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्नेमा जोड दिएका हुन ।
सामी परियोजनाले सल्यान स्थित पत्र कारहरूसँग गरेको अन्तरक्रियामा सहभागीहरूले वैदेशिक रोजगारीले सिर्जना गरेका सकारात्मक र नकारात्मक असरहरूबारे मिडियाले उजागर गर्नु पर्ने बत्ताएका छन् ।
वैदेशिक रोजगारीले परिवार तथा बालबच्चाबाट टाढा, वृद्ध सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, सामाजिक लाञ्छना, मानसिक तनाव जस्ता समस्या देखा परेको पाइएको सामी परियोजना मनोसामाजिक परामर्शकर्ता सुधा आचार्यले बताउनु भयो । यस्तै ऋण,ठगी,जेल, शोषण अलपत्र अङ्गभङ्ग मृत्यु लगायत समस्या पनि वैदेशिक रोजगारीका कारण उत्पन्न भएको बताउनु भयो ।
वैदेशिक रोजगारीमा जानेहरूलाई सामाजिक लाञ्छना लगाउन नहुने उहाँले बताउनुभयो । उहाँका अनुसार श्रीमान् वैदेशिक रोजगारीमा गएका श्रीमतीहरूलाई समाजमा नकारात्मक रुपमा हेर्ने जस्ता समस्याहरू पाइएको छ ।
सामी परियोजनाले वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई वित्तीय साक्षरता , मनोसामाजिक परामर्श सेवा समूह व्यक्तिगत रुपमा कार्यक्रम सञ्चालन, वैदेशिक रोजगारीमा जानेका लागि सीप तालिमका सिफारिसका लगायतका काम पनि गदै आएका मनोसामाजिक परामर्शकर्ता सुधा आचार्यको भनाई छ ।
सामी परियोजना लागु भए देखि अहिले सम्म वैदेशिक रोजगारीमा जाने चार हजार जनालाई मन परामर्श सेवा उपलब्ध गराइएको परामर्शकर्ता सीमा चन्दले बत्ताउनुभयो । वैदेशिक रोजगारीमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारीमै रहेका कामदार, वैदेशिक रोजगारीबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरूलाई सूचना तथा परामर्श सेवा दिएको बताउनु भयो ।
उहाँका अनुसार वैदेशिक रोजगारीमा गएका विभिन्न समस्या पाएकाले सूचना निवेदन दिएका छन् ।
सामी परियोजना सल्यानका ४ पालिका शारदा, बनगाड कुपिण्डे, बागचौर र छत्रेश्वरीमा सञ्चालित छ ।





.jpg)