ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा छुट्टा छुटटै दुर्घटनामा परी ७ जना घाइते

  इन्द्र बुढाथोकी २०७९ जेठ २७ गते शुक्रबार २१:१८:५३ मा प्रकाशित

 जेठ २७,सल्यान 
सल्यानमा शुक्रबार भएको छुट्टा छुट्टै  दुर्घटना ७ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएका दुर्घटनामा सात जना घाइते भएका हुन । 

 कपुरकोट रोल्पा सडक खण्डको कपुरकोट गाउँपालिका ३ घुम्तीमोडमा दाङ तुलसीपुरबाट कपुरकोट गाउँपालिका २ गर्पा जाँदै गरेको रा १ ज ४६० नम्बरको जिप दुर्घटना भएको छ । 
दुर्घटनामा परी कपुरकोट गाउँपालिका १ का २९ वर्षीय खिम बहादुर पुन, ३५ वर्षीय सुर्वण कुमार घर्ती, ६२ वर्षीया भद्री बुढा, वडा न ५ वस्ने ८० वर्षीया कलसी बस्नेत, वडा न २ बस्ने ६५ वर्षीया पावर्ती वली र रोल्पा रन्टीगढी गाउँपालिका ८ की ६३ वर्षीया वनिकला घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि दाङ तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
 जिप अनियन्त्रित भएर सडकमै पल्टिएको र जिप चालक दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ३३ वर्षीय हरि डाँगीलाई नियन्त्रणमा लिइएको उहाँको भनाई छ । जिपमा १२ जना यात्रु सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

यस्तै बनगाड कुपिण्डे नगरपालिका १२ मसिनामा ट्याक्टर दुर्घटना हुँदा चालक  घाइते भएका छन् । निगालचुलाको भदालेबाट सुर्खेतको बोटेचौर तर्फ जाँदै गरेको भे १ त ८८४१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको सूचना अधिकारी खनालले बताउनु भयो ।

 घाइते हुने ट्याक्टर चालक जाजरकोट शिवालय गाउँपालिका ३ का अन्दाजी २० वर्षीय ललित थापा रहेका छन् । उनको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top