ट्रेण्डिङ

होमपेज / समाज

भेरी नदीमा वेपत्ता बालिकाको शव फेला

  इन्द्र बुढाथोकी २०७९ जेठ २० गते शुक्रबार १८:४४:३२ मा प्रकाशित

जेठ २०,सल्यान 
भेरी नदीमा पौडी खेल्न जाँदा वेपत्ता भएकी बालिका तीन दिन पछि मृत्त फेला परेकी छन् ।

 जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ काराकी अन्दाजी १४ वर्षीया गीता वि.कको शव बनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातल नजिकै शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

वेपत्ता भएको स्थानबाट भन्दा झन्डै ६ किलोमिटर तल भेरी नदी किनार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।
 वेपत्ता भएकी बालिकाको प्रहरी र स्थानीयले खोजी कार्य गर्दै आइरहेका थिए । खोजी गर्ने क्रममा गीताको बाजे नाता पर्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मंगलबार दिउँसो धान कुट्न कारागाउँ जिउला स्थित मिलमा गएको समयमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनी डुबेर वेपत्ता भएकी थिइन ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top